२०८१ बैशाख १६, आइतवार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

काठमाडौं- विश्वका विभिन्न मुलुकमा पुगेका ११ नेपालीमा को’रोना संक्रमण भएको पुष्टि भएको छ। यो समाचार तयार पार्दासम्म रोजगारी तथा अध्ययनको सिलसिलामा विश्वका विभिन्न मुलुक पुगेका ११ नेपालीमा को’रोना संक्रमण भएको पुष्टि भइसकेको छ। योसँगै को’रोना संक्रमित नेपालीको संख्या १२ पुगेको छ।

को’रोना संक्रमित हुनेमा रोजगारीको सि’लसिलामा पोर्चुगल पुगेका ६ जना, कतारमा २ जना, युएईमा २ जना, अध्ययनको सि’लसिलामा अस्ट्रेल्या पुगेका १ जना र चीनको वुहानबाट नेपाल फर्किएका १ जना गरी १२ जना छन्।उनीहरु सबैको परिचय गो’प्य राखिएको छ।

चीनबाट फर्किएका को’रोना संक्रमित युवा भने उपचारपछि सञ्चो भएर घर फर्किसकेका छन्। बाँकी संक्रमितहरुको अवस्था स्थिर रहेको जनाइएको छ। रोजगारीको प्रमुख गन्तव्य मुलुक कतारमा २ हजार नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ। पोर्चुगलमा भने ६९ नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ।

पोर्चुगलस्थित फारो क्षेत्रमा कृषि काम गर्ने १ नेपालीलाई सोमबार को’रोना संक्रमण भएको पुष्टि भएपछि उनीसँगै कार्यरत अन्य ७४ जनालाई क्वारेन्टाइनमा राखिएको थियो। ती मध्ये ५ जनामा को’रोना संक्रमण भएपछि हाल क्वा’रेन्टाइनमा ६९ नेपाली रहेका छन्।

फेसबुक प्रतिक्रियाहरु