तपाईको घरमा पुदिनाको पात मुख्य रुपले चट्नी(अचार) बनाउन प्रयोग हुने गर्छ । यसको अचारले खानाको स्वादलाई दोब्बर बढाउँछ । यस बाहेक पुदिनाको पात औषधीय गुणले भरपूर हुन्छ । आउनुहोस् जानौं पुदिनाका ८ औषधीय गुण-
१. गर्मीका कारण हुने रोगमा पुदिना अत्यन्त उपयोगी हुन्छ । थोरै पुदिनालाई पिसेर त्यसमा जिरा, कागती र नून मिलाएर खाए त्यसले शरीरलाई धेरै लाभ पुग्छ ।
२. तपाईको बाडुली रोकिएन भने १०/१५ वटा पुदिनाको पात चपाउनुहोस् । बाडुली तुरुन्तै बन्द हुन्छ ।
३. पचाउनका लागि यो अचुक औषधी हो । यसले पाचनक्रियालाई राम्रो बनाउँछ ।
४. मुखबाट गन्ध÷दुगन्ध आईरहेको छ भने यसको केही पात चपाउनुस् , गन्ध/दुर्गन्ध सबै चट्
५. गर्मीको ‘लू’ बाट बच्नका लागि पुदिनाको प्रयोग गरिन्छ । पुदिनाको रस पिएर घरबाट बाहिर निस्कदा ‘लू’ लाग्ने डर कम हुन्छ ।
६. बान्ता(उल्टी) भइरहेको छ भने पुदिनाको रस पिउनुहोस्, बान्ता हुन छाड्छ ।
७. पेट दुखेको छ भने पुदिनामा जिरा, मरिच र हिंग मिलाएर खाएमा धेरै आराम हुन्छ ।
८. पुदिनाका ताजा पात पिसेर अनुहारमा लगाए यसबाट धेरै शितलता प्राप्त हुन्छ ।
स्रोत : बिभिन्न आयुर्वेद जर्नल