बाबुराम नेतृत्वको नेसपाले प्रतिनिधि सभाको समानुपातिकतर्फ ५ सिट पाएको छ । माओवादीको चुनाव चिह्नमा निर्वाचन लड्न लागेका डा.बाबुराम भट्टराईको नेसपालाई माओवादीले ५ सिट दिएको हो ।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बाबुरामको पार्टीका प्रतिनिधिसहित प्रतिनिधि सभा ११० जना समानुपातिक सूची आयोगमा बुझाएको बताए ।
‘हामी गठबन्धनमा पनि छौ । बाबुरामजीको पार्टी पनि माओवादीकै चुनाव चिन्हमा लड्दैछ । उहाँको पाटीका ५ सहित ११० दश जनाको सूची बुझाएका छौ’, पुनले भने ।
उनले यसअघि समानुपातिक सांसद भएका र राष्ट्रियसभा सदस्य रहेकालाई यसपटक सूचीमा नराखेको जानकारी दिए । ‘ यसअघि समानुपातिकबाट सांसद भएका, राष्ट्रियसभा सदस्य भएका र स्थानीय तहमा उम्मेदवार भएकालाई पनि बन्द सूचीमा राखेका छैनौ’, पुनले भने, ‘अधिकतम समावेशी बनाएर सूची बनाएका छौ । युवाहरु धेरै संख्यामा हुनेगरी पेश गरेका छौ । पुनले जानकारी दिए ।