२०८३ साउन ३१, आइतवार
  • newsportal ४ वर्ष अगाडि

बाबुराम नेतृत्वको नेसपाले  प्रतिनिधि सभाको समानुपातिकतर्फ ५ सिट पाएको छ ।  माओवादीको  चुनाव चिह्नमा निर्वाचन लड्न लागेका डा.बाबुराम भट्टराईको नेसपालाई माओवादीले  ५ सिट दिएको हो ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बाबुरामको पार्टीका प्रतिनिधिसहित प्रतिनिधि सभा ११० जना समानुपातिक सूची आयोगमा बुझाएको बताए ।

‘हामी गठबन्धनमा पनि छौ । बाबुरामजीको पार्टी पनि माओवादीकै चुनाव चिन्हमा लड्दैछ । उहाँको पाटीका ५ सहित ११० दश जनाको सूची बुझाएका छौ’, पुनले भने ।

उनले यसअघि समानुपातिक सांसद भएका र राष्ट्रियसभा सदस्य रहेकालाई यसपटक सूचीमा नराखेको जानकारी दिए । ‘ यसअघि समानुपातिकबाट सांसद भएका, राष्ट्रियसभा सदस्य भएका र स्थानीय तहमा उम्मेदवार भएकालाई पनि बन्द सूचीमा राखेका छैनौ’, पुनले भने, ‘अधिकतम समावेशी बनाएर सूची बनाएका छौ । युवाहरु धेरै संख्यामा हुनेगरी पेश गरेका छौ । पुनले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक झापामा।
टोकियोमा तमु धीं जापानको २८औँ रोधी साँझ भव्य रूपमा सम्पन्न, निमा रुम्बाको दमदार प्रस्तुतिमा झुमे दर्शक।
निमा रुम्बा टोकियोमा , अगस्ट ९ मा ‘२८औँ रोधी साँझ’ विशेष लाइभ कन्सर्ट हुदै ।
नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।