प्रमेश तमु टोकियो,
जापान: नेपाली पप संगीतका चर्चित गायक, गीतकार तथा संगीतकर्मी Nima Rumba जापानको राजधानी टोकियोमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिन आउने भएका छन्। लामो समयदेखि नेपाली पप संगीतमा सक्रिय रुम्बाले आगामी अगस्ट ९, २०२६, आइतबार टोकियोको शिन्जुकुस्थित WARP CLUB SHINJUKU मा ब्यान्डसहित लाइभ प्रस्तुति दिने कार्यक्रम तय भएको छ।
तमु धीं जापान को गौरवमय प्रस्तुति अन्तर्गत आयोजना हुन लागेको २८औँ रोधी साँझ–२०२६ मा “NIMA RUMBA &MERCURY BAND – LIVE CONCERT IN TOKYO” मुख्य आकर्षणका रूपमा रहनेछ। भने `तमु धीं जापान संस्कृतिक परिवार` का कलाकारहरुद्वारा तमु समुदाय संबन्धित बिभिन्न आकर्षक कल्चरल नृत्यहरु प्रस्तुत हुने `संस्कृतिक परिवार` का संयोजक पुजा गुरुङले बताउनु भयो। कार्यक्रम अगस्ट ९ तारिख आइतबार दिउँसो ४ बजेदेखि साँझ ७:३० बजेसम्म सञ्चालन हुने आयोजक तमु धिं जापान को अध्यक्ष अमर गुरुङले जानकारी दिनुभयो।
नेपाली पप संगीतको विकास र लोकप्रियतामा छुट्टै पहिचान बनाएका निमा रुम्बा सन् १९९० को दशकदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय छन्। आफ्नै सब्द र संगीतमा रिलिज भएको पहिलो एकल गीत “जाँदैछु टाढा टाढा” बाट उदाएका निमा रुङबा नेपाली पप संगीत क्षेत्रका एउटा एक चर्चित लोकप्रिय गाएक हुन्।
गाएक RUMBA का “प्रीति बस्यो”, “हुरी बतास”, “आऊ आऊना”, “ब्लक हिल”, “सम्झेर ती दिनहरू”, “अन्जान मायालु”, “जाँदैछु म है विदेशमा”, “लोलिता”, “मेरी प्रियसी” र “साँझमा पनि” जस्ता गीत निमा रुम्बाका दर्जनौ चर्चित सिर्जनामध्यमा पर्छन्। उनका हुरी बतास, प्रिती बस्यो, साँझमा पनि, जुनेली रातमा लगायतका एल्बमहरु समाबेश छन्।
विशेषगरी “प्रीति बस्यो” र “हुरी बतास” जस्ता गीतले नेपाली पप संगीतका श्रोतामाझ निमा रुम्बालाई अलग पहिचान दिलाएका छन्। उनका गीतमा प्रेम, सम्झना, जीवनका अनुभूति र समकालीन भावनालाई सरल तथा मेलोडीपूर्ण शैलीमा प्रस्तुत गरिएको पाइन्छ। संगीतसँगै उनी अभिनय क्षेत्रमा समेत सक्रिय रहँदै ‘कागबेनी’ लगायत नेपाली चलचित्रमा समेत अभिनय गरिसकेका छन्।
टोकियोमा आयोजना हुन लागेको यो लाइभ कन्सर्ट जापानमा रहेका नेपाली संगीतप्रेमीका लागि निमा रुम्बाको प्रत्यक्ष सांगीतिक प्रस्तुति अनुभव गर्ने विशेष अवसर मात्र नभई तमु समुदायको भाषा, कला, संस्कृति, संस्कार र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको तमु धीं जापानका महासचिव भरत गुरुङ ‘टाइगर’ले बताउनुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमले विदेशमा रहेका नयाँ पुस्तामा आफ्नो संस्कृति र परम्पराप्रति अपनत्व जगाउँदै त्यसको निरन्तरतामा टेवा पुर्याउने बताउनु भयो । उहाको अनुसार अनुसार कार्यक्रम शिन्जुकु, काबुकिचोस्थित “WARP CLUB SHINJUKU” मा आयोजना हुनेछ।
कार्यक्रमका लागि VIP टिकट १० हजार येन, सामान्य टिकट ५ हजार येन तथा अग्रिम टिकट ४ हजार यन तोकिएको आयोजकद्वारा सार्वजनिक पोस्टरमा उल्लेख छ।
नेपाली पप संगीतको एउटा पुस्तालाई आफ्ना गीतसँगै हुर्काएका निमा रुम्बाको टोकियो आगमनले जापानस्थित नेपाली समुदायमा सांगीतिक उत्साह थप्ने देखिएको छ।
