बुढ्यौली देखि युवा एवं किशोरमा समेत यो रक्तचापको समस्या खासगरी खराब जीवनशैली, खराब खानपान र तनावपूर्ण दैनिकी नै यस्को कारण हो । त्यसो त वंशानुगत रुपमा पनि कतिपयलाई उच्च रक्तचाप हुने गर्छ, कतिपयको मिर्गौला वा मुटुमा समस्या भएमा पनि उच्च रक्तचाप हुनसक्छ । यद्यपि आम कारण भने खराब जीवनशैली नै प्रमुख मानिन्छ ।
त्यसैले उच्च रक्तचापको अवस्था आउनै नदिने वा उच्च रक्तचाप भइसकेपछि त्यसलाई नियन्त्रण गर्ने प्रभावकारी र प्राकृतिक विधी भनेको सन्तुलित एवं संयमित जीवनशैली नै हो । यसको अर्थ सन्तुलित खानपान, सन्तुलित दिनचर्या, सन्तुलित सोंच–चिन्तन । उच्च रक्तचाप अनियन्त्रित भएमा त्यसले शरीरमा अन्य अंगहरुलाई समेत क्षति पुर्याउँछ ।
त्यसैले उच्च रक्तचाप भएपछि त्यसलाई नियन्त्रण गर्ने विधी अपनाउनैपर्छ, चाहे जीवनशैली परिवर्तन गरेर होस् वा औषधि सेवन गरेर ।
मिर्गौलामा असर
मिर्गौलाले हाम्रो रगतबाट दुषित पदार्थहरु अर्थात टक्सिनलाई बाहिर निकालिन्छ । उच्च रक्तचापको कारण मिर्गौलामा दबाब बढ्छ र कैयौं पटक रक्तनली साँघुरो र मोटो हुन्छ । यस बाहेक मिर्गौलामा रगत छान्ने कोषहरुलाई पनि यसले प्रभावित बनाइदिन्छ ।
जसकारण मानिसका मिर्गौलाले आफ्नो काम ठिकसँग गर्न सक्दैन र रगतमा दुषित पदार्थ जमिरहन्छ । जसले समस्या बढ्दै गएर मिर्गौला फेल हुने र अन्य रोग लाग्ने खतरा पनि बढ्छ ।
मुटुरोगको खतरा बढ्छ
उच्च रक्तचापको कारण सबैभन्दा धेरै खतरा हाम्रो मुटुलाई हुन्छ । जब मुटुलाई साँघुरो भइसकेको रक्तनलीको कारण पर्याप्त अक्सिजन मिल्दैन त्यसपछि टाउको दुख्न सुरु हुन्छ । मुटुले राम्रोसँग रगत पम्प गर्न सक्दैन ।
त्यस्तै रक्तनली धेरै साँघुरो भएर यदि रगतको बहाव नै रोकियो भने मानिसलाई पक्षघात पनि हुन सक्छ ।
मस्तिस्कमा प्रभाव
कम उमेरको मानिसलाई उच्च रक्तचापको समस्या स्मरणशक्तिको हिसाबले पनि खतरनाक हुन सकछ । उच्च रक्तचापको समस्या भएका मानिसको स्मरणशक्ति गुम्न पनि सक्छ जसलाई डिमेन्सिया भनिन्छ ।
उच्च रक्तचापको कारण समय बित्दै जाँदा रोगीको मस्तिस्कमा रगतको आपूर्ती कम हुन्छ र मानिसको सोच्ने सम्झिने शक्ति घट्दै जान्छ ।
उच्च रक्तचापको कारण हिप्पोकेम्पसमा रगतको सञ्चार ठिक प्रकारले नहुने भएकाले कैयौं ससाना स्ट्रोकको आशंका धेरै हुन्छ । यस कारणले उच्च रक्तचापका बिरामीहरुमा स्मरणशक्तिसँग जोडिएका समस्याहरुको खतरा धेरै हुन्छ ।
आँखा पनि प्रभावित हुन्छ
उच्च रक्तचापको समस्याले मानिसको आँखालाई पनि प्रभावित बनाउँछ । उच्च रक्तचापको कारण मानिसको आँखाको ज्योती कम हुँदै जान्छ जसले उनीहरु धमिलो देख्न थाल्छन् । यसैले उच्च रक्तचापको समस्या भएका बिरामीलाई चिकित्सकले आँखाको नियमित जाँच गर्ने सल्लाह दिने गर्छन् ।