२०८१ बैशाख २२, शनिबार
  • Pramesh Tamu २ वर्ष अगाडि

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध ९८ जना सांसदले संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले महाभियोग दर्ता गराएका हुन् । महाभियोग प्रस्तावमा पदीय आचरणअनुसार काम नगरेको आरोप लगाइएको छ । अभियोग लागेसँगै प्रधानन्यायाधीश जबरा निलम्बनमा परेका छन् ।

फेसबुक प्रतिक्रियाहरु