२०८१ पुस ११, बिहिबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं । केही दिनदेखि कमजोर रहेको मनसुन आजबाट पुन ः सक्रिय भएको छ । मनसुनी न्यूनचापीय रेखा तराईमा अवस्थित रहेकाले आज देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

न्यूनचापीय रेखा नेपाल प्रवेश गरेको र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय हावाको प्रभावले आज देशको धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविद् विभुती पोखरेलले बताइन् । उनका अनुसार, मनसुनी ट्रफ घरी तल घरी माथि भइरहने हुन्छ । उक्त प्रणाली तल रहेमा नेपालमा मनसुन सक्रिय हुन्छ र वर्षा हुन्छ ।
सम्भाबित वर्षका कारण तराई तथा चुरे क्षेत्रमा मनसुनी वर्षाको प्रभाव बढी पर्ने देखिएकाले आज चितवन, पर्सा, बारा, मकवानपुर, नवलपुर, परासी, पाल्पा, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्नपुर, झापा, मोरङ, सुनसरीलगायत प्रदेश १, २, ३, र ५ गण्डकी चुरे र पहाडबाट बहने साना नदीमा उच्च बहावको सम्भावना रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

हाल देशका मध्य तथा पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा वर्षा भइरहेको छ र पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा वर्षा भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।