२०८१ पुस ११, बिहिबार
  • Namaste Khabar ५ वर्ष अगाडि

चौतारा । आफूले दुःख गरेर लगाएको अन्न बालीलाई बाँदर, दुम्सी र बँदेल लगायतका जङ्गली जनावरले हरेक वर्ष नोक्सान गर्न थालेपछि सिन्धुपाल्चोक लेकाली भेगका किसानले विकल्पका रुपमा चिया खेती गर्न थालेका छन् ।

समुद्री सतहबाट करीब दुई हजार ५०० मिटरको उचाइमा पर्ने चौतारा सागाचोकगढी नगरपालिका–१ स्याउलेअन्तर्गतका सानो ओख्रेनीमा यस वर्ष ६ हजार ६०० चियाका बिरुवा लगाउने कार्यक्रमअन्तर्गत चार हजार २०० बिरुवा रोपिएको वडाध्यक्ष सानुकान्छा श्रेष्ठले बताए ।

लेकाली भेग भएकाले वर्षको एक बाली जौ, करु र आलु मात्र हुने सो गाउँमा किसानले वर्ष्दिन खाने खाद्यान्नका लागि अन्य पेशा अपनाउँदै आएका छन् । दुःख गरेर लगाएको त्यही बाली पनि प्रत्येक वर्ष बाँदर, दुम्सी र बँदेलले नोक्सान गर्न थालेपछि विकल्पका रुपमा चिया खेती शुरु गरिएको छ । चिया लगाउँदा जनावरबाट जोगिनाका साथै अन्तर्रा्ष्ट्रिय बजारमा समेत पुग्ने हुँदा आयस्रोत पनि राम्रो हुने भएकाले त्यसतर्फ आकर्षित भएको वडा सदस्य रवीन्द्र शर्माले बताए । हाल आठ रोपनी क्षेत्रमा व्यावसायिक रुपमा खेती शुरु गरिएको छ ।

राष्ट्रिय चिया विकास बोर्डले सम्भाव्यता अध्ययन गरी उपयुक्त देखेपछि जिल्लाकै भोटेचौरस्थित नर्सरीबाट बिरुवा झिकाएर रोप्न शुरु गरिएको हो । त्यसका लागि पहिलो चरणमा २५ सदस्यीय कृषक समूह गठन गरिएको छ । किसानले चियासम्बन्धी अल्पकालीन तालीमसमेत लिएका छन् ।

त्यसैगरी गत वर्ष हेलम्बु गाउँपालिका–१, २, ४, ६, ७ सहित ५ वडामा ३१ हजार अर्थोडक्स चिया खेती शुरु भएको थियो र त्यसको नतिजा राम्रै निस्केको छ । भोटेकोशी गाउँपालिका, पाचँपोखरी थाङपाल गाउँपालिकालगायत हिमाली भेकका किसान पनि परम्परागत अन्नबालीको विकल्पमा किवी, स्याउ, चिया, कफी तथा अलैँची जस्ता नगदेबालीतर्फ आकर्षित भएको पाइएको छ । जिल्लाका प्रायः सबै ठाउँमा बाँदरको बिगबिगी बढ्न थालेपछि खेतको धान भित्र्याएपछि हिउँदे बालीका रुपमा लगाइने गँहु तथा मकै बाली प्रायःजसोले लगाउनै छाडिसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।