२०८१ पुस ११, बिहिबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं । नेकपाले सङ्घीय सरकारका मन्त्री तथा प्रदेश सरकारका मुख्यमन्त्री एवम् मन्त्रीलाई समेत जिल्ला इन्चार्ज तथा सहइन्चार्जको जिम्मेवारी दिएको छ । महासचिव विष्णु पौडेलले जारी गरेको विज्ञप्ति अनुसार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा काभ्रेपलाञ्चोक जिल्लाको इन्चार्ज तोकिएका छन भने भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याल स्याङ्जा जिल्ला इन्चार्ज तोकिएकी छन ।

यस्तै कृषि तथा पशुपक्षी राज्यमन्त्री रामकुमारी चौधरी सुनसरीको सहइन्चार्ज तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालीकोट जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन । सोही प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी जुम्लाको सहइन्चार्ज तोकिएका छन ।

प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल धादिङ इन्चार्ज तोकिँदा प्रदेश नं १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्वोले पाँचथर इन्चार्जको भूमिका पाएका छन । यस्तै भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी पनि आ–आफ्नो नगरमा इन्चार्ज तोकिएका छन ।

पन्ध्र जिल्ला र छ महानगरमा इन्चार्ज मात्रै

नेकपाले पन्ध्र जिल्ला र छ महानगरमा इन्चार्ज मात्रै तोकेको छ । त्यसमा ताप्लेजुङ भाष्कर काफ्ले, इलाम धीरेन्द्र शर्मा, नुवाकोट महेन्द्रबहादुर पाण्डे, काभ्रेपलाञ्चोक बाँस्कोटा, म्याग्दी भुपेन्द्रबहादुर थापा, मुस्ताङ श्रीमाया थकाली, नवलपरासी पश्चिम वैजनाथ चौधरी, गुल्मी दिनेश पन्थी, प्यूठान कृष्णध्वज खड्का, कालीकोट शाही, हुम्ला विजय भण्डारी, डोल्पा हंसबहादुर शाही, दार्चुला गणेश ठगुन्ना, सप्तरी रामप्रीत पासवान र ओखलढुङ्गामा यज्ञराज सुनवारले इन्चार्जको जिम्मेवारी पाएका छन ।

यस्तै महानगरपालिकाहरु वीरगञ्जमा दिनेश राई, भरतपुरमा रेणु दाहाल, ललितपुरमा सुुशीला नेपाल, काठमाडौँमा जीवनराम श्रेष्ठ, पोखरामा मानबहादुर जिसी र विराटनगरमा इन्चार्जका रुपमा शिवकुमार मण्डल तोकिएका छन ।

सिरहामा दश सहइन्चार्ज

नेकपाले २२ जिल्लामा तीनभन्दा बढी सहइन्चार्ज तोकिएको छ । सिरहामा सबैभन्दा बढी १० जना सहइन्चार्ज तोकिएको छ । काठमाडौँ, धनुषा र दाङमा नौ÷नौ जना सहइन्चार्ज रहेका छन् । कैलालीमा सात, महोत्तरीमा छ, कञ्चनपुर र सुनसरीमा पाँच÷पाँच तथा कास्की र सर्लाहीमा चार÷चार जना सहइन्चार्ज छन् ।

यस्तै झापा, मोरङ, खोटाङ, रौतहट, चितवन, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, तनहुँ, रुपन्देही, बाँके र जाजरकोटमा तीन÷तीन जना सहइन्चार्ज तोकिएको छ ।

सात जिल्लामा महिला इन्चार्ज

नेकपाले सात जिल्लामा महिला इन्चार्ज तोकेको छ । छमध्ये दुई महानगरपालिकाले महिला इन्चार्ज पायो । दोलखामा भने इन्चार्ज र सहइन्चार्ज दुवै महिला छन् ।

दोलखामा, देवी खड्का इन्चार्ज र रचना खड्का सहइन्चार्ज भएका छन । यस्तै रसुवामा विमला सुवेदी, काठमाडौँमा सावित्रा भुसाल, स्याङ्जामा अर्याल, बाग्लुङमा वलावती शर्मा, मुस्ताङमा श्रीमाया थकाली र कैलालीमा रुपा चौधरी इन्चार्ज तोकिएका छन ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।