२०८१ पुस १२, शुक्रबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं । पछिल्ला दुई वर्षदेखि भरिन नसकेको मकवानपुरमा रहेको इन्द्रसरोवर असारमा नै भरिएको छ । जलाधार क्षेत्रमा अत्यधिक वर्षा भएपछि नेपाल विद्युत् प्राधिकरणको ‘पावर ब्याङ्क’ का रूपमा रहेको कुलेखानी जलाशय भरिएपछि सरकारले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणले नियमितरूपमा विद्युत् उत्पादन गरेर वा अन्य जुनसुकै उपाय अवलम्बन गरेर भए पनि जलाशयको पानी घटाउने तयारी गरेको छ । सो जलाशयमा हाल दुई आयोजना सञ्चालनमा छन् । कुलेखानी पहिलोबाट ६० र दोस्रोबाट ३२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

दुईवटै आयोजना पूर्ण क्षमतामा चलाउँदासमेत एक घण्टामा तीन सेन्टिमिटर मात्रै पानी घट्नेछ । तर जलाधार क्षेत्रमा भएको अत्यधिक वर्षाका कारण ६० सेन्टिमिटर पानी थप भएको छ ।

गत वर्ष वर्षभरिमा जलाशयमा पानीको सतह एक हजार ५२६ मिटर रहेकामा यस वर्षको असार ३० गते अर्थात् आज बिहानसम्म सोही क्षमतामा पुगेको छ । प्राधिकरणका अनुसार आज बिहान ५ः३० मा पानीको सतह बढेर एक हजार ५२६ मिटर पुगेको छ ।

जलाशयमा अधिकतम एक हजार ५३१ मिटरसम्म मात्रै पानी भण्डारण हुनसक्छ । त्यस क्षेत्रमा लगातार परिरहेको पानीका कारण तीन÷चार दिनमै जलाशयमा पानीको सतह करीब २० मिटर बढेको छ । जलाशयमा पानी भरिएपछि कुलेखानी पहिलो र दोस्रो आयोजना पूर्ण क्षमतामा चलाइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

“पानी पर्न भर्खर शुरु भएको छ, विगतका वर्षमा असोजमा मात्रै भरिने जलाशय यस वर्ष तीन महीनाअगाडि नै भरियो”, उनले भने, “विगतमा बर्खामा कुलेखानी विद्युत्गृह चल्दैन थियो, अहिले असारमै पानी भरिएपछि कुलेखानीलाई पूर्ण क्षमतामा चलाई भारतबाट आयात भइरहेको विद्युत् आयात घटाइएको छ ।”

कुलेखानी पहिलो विद्युतगृह पूर्ण क्षमतामा चलाउँदासमेत सामान्य मात्रामा मात्रै पानीको सतह घट्ने छ । कुलेखानीमा बर्खाको पानी जम्मा गरी मुख्यरूपमा विद्युतको अत्यधिक माग हुने हिउँदमा मात्रै चलाउने ‘पावर ब्याङ्क’ आयोजना हो । विद्युतको आवश्यक परेको बेला प्रणालीलाई सन्तुलन कायम गर्न मात्रै कुलेखानी चलाइने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।
प्राधिकरणले हाल ढल्केवर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत मात्रै करीब १५० मेगावाट विद्युत् आयात गरिरहेको छ । अविरल वर्षाका कारण तराईमा विद्युत् माग घटेको छ । अहिले मुलुकभरको विद्युत्को माग करीब ६०० मेगावाट मात्रै छ ।
प्रवक्ता अधिकारीले विहारबाट आयात गरिने विद्युत् पूर्णरूपमा बन्द गरिएको जानकारी दिए । उनले ढल्केवर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट समेत २५० मेगावाट बढी विद्युत् आयात भइरहेकामा त्यसलाई घटाएर करीब १५० मेगावाटमा सीमित गरिएको छ ।

सतर्क रहन आग्रह

प्राधिकरणले कुलेखानी जलाशय भरिँदै गएका कारणले पानी निकासका लागि बाँधको ढोका खोल्नुपर्ने अवस्था आउनसक्ने भएकाले सतर्क रहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । कुलेखानीको पानी वाग्मती नदीमा गएर मिसिन्छ ।
गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रले जलाशय भरिएकाले बाँध खोलेर नियन्त्रित निकास गर्नुपर्ने अवस्था आएको जनाएको छ । केन्द्रले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।