२०८१ पुस १२, शुक्रबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं । सरकारले भारत सरकारसँग दुई वटा रेल सेट खरिद प्रक्रिया अघि बढाएको छ । रेल सेट खरिदसँगै आगामी दशैंसम्ममा सो रेल सञ्चालन गर्ने सरकारले तयारी गरेको छ ।
निर्माणाधीन जयनगर–कुर्था रेलमार्ग सञ्चालनका लागि सो सेट खरिद गर्न लागिएको भौतिक योजना तथा यातायात मन्त्रालयले जनाएको छ । दुवै देशका सरकारीस्तरबाट रेल खरिद प्रक्रिया शुरुआत गर्न लागिएको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले बताए । उनका अनुसार रेल खरिदका लागि नेपाल सरकारले रकम पठाइसकेको छ । उनले भने, “केही समयभित्रै रेल आइपुग्नेछ ।”

सो रेल सेट भारतको सरकारी कम्पनी कोनकान कम्पनीमार्फत खरिद गर्न लागिएको रेल विभागले जनाएको छ । डिजेल इलेक्ट्री मल्टिपल युनिट प्रविधिको सो सेटमा एउटामा पाँच वटा डिब्बा रहने विभागका प्रवक्ता अमन चित्रकारले बताए । उनका अनुसार सरकारले अहिले दुई वटा सेट खरिद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । यसको क्षमता एक हजार दुई सयसम्म यात्रु बोक्ने रहेको उनले बताए ।

भारतको जयनगरबाट धनुषाको जयनगरसम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निमाण भइसकेको प्रवक्ता चित्रकारले बताए । यो रेलमार्ग भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको छ । रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको उनले बताए । यसमा कुर्थाबाट बिजलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर आगामी फागुनसम्म सम्पन्न हुने र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुने मन्त्रालयले जनाएको छ ।

जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि भारत सरकासँग सन् २०१० मा सम्झौता भएको थियो ।
रेलमार्गतर्फ नै विराटनगरबाट बथनाहासम्म १८ किलोमिटर रेलमार्गमा १० किलोमिटरको काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ । १० किलोमिटर रेलमार्ग सञ्चालनका लागि तयार भइसकेको छ । त्यस्तै, रक्सौल–काठमाडौँ रेलमार्गको पनि अध्ययनको काम अघि बढेको छ । एक सय ३५ किलोमिटरको पूर्व सम्भाव्यता अध्ययन सकिएको छ । ७२ किमीको काठमाडौँ–रसुवागढी रेलमार्गको पनि पूर्वसम्भाव्यता अध्ययन सकिएको छ । चार सय २१ किलोमिटर लम्बाइको बुटवल–गड्डाचौकी रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन(डीपीआर) सम्पन्न भइसकेको प्रवक्ता ज्ञवलीले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।