२०८१ पुस १२, शुक्रबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं । साढे नौ लाखभन्दा बढी ‘स्मार्ट चालक अनुमतिपत्र’ छाप्न बाँकी हुँदा सरकारले छिट्टै मास प्रिन्टर आउने जनाएको छ । सरकारले ‘ग्लोबल टेण्डर’मार्फत खरीद गर्न लागेको पिन्टर पाँच दिनभित्र आउने यातायात व्यवस्था विभागले जनाएको छ ।

मास पिन्टर आएको झण्डै एक महीनापछि त्यसले नियमित काम शुरु गर्ने विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए । उनका अनुसार उपकरण जडान, परीक्षणलगायतका काम सकिएपछि नियमितरुपमा सञ्चालनमा आउनेछ । ‘मास प्रिन्टर’ को क्षमता प्रतिघण्टा ५०० कार्ड छपाई गर्ने रहेको छ । यो सञ्चालनमा आएको केही समयमा नै अहिले भइरहेको ढिलाइ कम हुने आशा गरिएको छ ।

प्रिन्टरसँगै विभागले १० लाख कार्ड खरीद प्रक्रिया अघि बढाएको छ । विभागमा अहिले नौ वटा उपकरण रहेकामा तीमध्ये छ÷सात वटाले मात्रै नियमित काम गरिरहेका विभागका प्रवक्ता तीर्थराज खनालले बताए । सरकारलाई बुझाउनुपर्ने राजश्व रकम तिरेको एक वर्ष नाघेका सेवाग्राहीले पनि अझै चालक अनुमतिपत्र नपाएका हुन् ।

सरकारले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमति शुरु गरेदेखि नै सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाएका छैनन् । देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उतीर्ण गरेकाको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ । विभागमा रहेको मुद्रणयन्त्र (छपाइ मेशिन) को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र नपाएको विभागले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।