२०८१ जेष्ठ १, मङ्लबार
  • Pramesh Tamu १ वर्ष अगाडि

नेपाली कांग्रेसका उमेद्वार प्रदिप पौडेल एमालेका  ह्याबीवेट बरिष्ठ नेता  इश्वर पोख्रेललाइ ५ हजारभन्दा बढीको भारी मतले पराजित गरेको छ ।

जारी मतगणनामा पोखरेल अहिलेसम्म एमालेबाट पराजित भएका सबभन्दा ‘हेभिवेट’ नेता हुन्।

यसपालि दोस्रोपटक निर्वाचित भएर संसदमा पुग्ने पोखरेलको चाहनामा पौडेलले तुषारापात गरिदिएका छन्।

 पछिल्लो समय नेकपा एमालेभित्र उनी ओलीको विश्वासपात्र थिएनन्। सरकारमा भएका बेला ओलीले उनलाई सोधखोजसमेत नगरी मन्त्रालय परिवर्तन गराइदिएका थिए।

त्यस्तै पोखरेलले रक्षामन्त्री भएका बेला कोरोना महामारीमा आवश्यक स्वास्थ्य उपकरणहरू नेपाली सेनालाई खरिद गर्ने जिम्मा दिएर जनप्रतिनिधि निकायले भूमिका निर्वाह गर्न नसकेको भनी आलोचना खेप्नुपरेको थियो। स्वास्थ्य सामग्री खरिदमा कयौं प्रश्न उठे पनि पोखरेलले त्यसलाई खारेज गर्दै आएका छन्।

पोखरेललाई यो निर्वाचनमा कोरोना महामारीको व्यवस्थापनको विषयले समेत पिरोलेको थियो। निर्वाचनमा पराजयपछि उनले फेसबुकको स्ट्याटसमा घुमाउरो भाषामा ‘निर्वाचनमा धेरै किसिमका भ्रम र प्रतिकूलतालाई चिर्दै नेकपा एमालेबाट प्रतिनिधि सभामा उम्मेदवार बनेको’ उल्लेख गरेका छन्। उनले निर्वाचनका लागि कस्ता भ्रम र प्रतिकूलता चिरेको भनी खुलाएका छैनन्।

एमाले बलियो पक्कड रहेको भनेर बुझिएको यो क्षेत्र स्थानिय तहको निर्बाचनमा एक्लैले १९ हजार बडी भोट ल्यीएका थिए भने प्रकाशशरण महत २०७४ को निर्वाचनमा यहाँ पोखरेलसँगै ९ हजार ८ सय ६० मतले पराजित भएका थिए। तर प्रतिनिधी सभाको निर्बाचनमा स्थानिय तहको मत पनि बचाउन सकेन ।

फेसबुक प्रतिक्रियाहरु