२०८१ बैशाख २०, बिहिबार
  • रिपब्लिक दैनिक २ वर्ष अगाडि

शेखर/राकेश राई, न्यू ह्याम्पसायर

UKROA, युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले आफ्नो छैटौ महाधिवेशन तथा ग्राण्ड साकेला उभौली २०२२ क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को शहरमा भव्यताका साथ सम्पन्न गर्यो।

अधिवेशनले सन् २०२२ देखि सन् २०२५ सम्मको कार्यकालको निम्ति जय कुमार राईको नेतृत्वमा ९ सदस्यीय केन्द्रिय कार्यसमिती सर्वसम्मत रुपमा चयन गरेकोछ। महाधिवेशन समुद्घाटन समारोहका प्रमुख अतिथि/ वर्तमान केन्द्रिय सल्लाहकार तथा पूर्व केन्द्रिय अध्यक्ष मिलन राईले महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुदैं, हामी किरात राईहरु संसारका जुनसुकै ठाउँमा पुगे पनि संगठित हुदै, आफ्नो संस्कार र संस्कृतिलाई संरक्षण तथा सम्वर्धन गर्दै जीवन्त राख्न सकृय भूमिका खेलिरहेको दृष्टान्त दिदै, हामीमा बढिरहेको यस खालको आफ्नो पहिचानप्रतिको सचेतनाले हाम्रो संस्कृतिको जगेर्ना हुनेमा आशा पलाएको भनि खुसी ब्यक्त गर्नु भयो।

अमेरिकामा हामी सुख र दु:खमा जोडिने भाईबन्धु त हौं नै, त्यसका अलवा कुल/कुटुम्ब सम्बन्धी पनि हौं।यसर्थ UKROA ले हाम्रो संस्कार र संस्कृतिको संरक्षण र सम्वर्धनमा जति भुमिका निर्वाह गरेको छ, उति नै हामीलाई एक आपसमा सघन सम्बन्ध स्थापित गर्ने वातावरण समेत बनाई दिईरहेको छ भन्दै संस्थाको औचित्यलाई प्रष्ट्याउनु भएको थियो। संस्थाको केन्द्रिय महासचिव जय कुमार राईले संचालन गर्नुभएको उद्घाटन समारोहको कार्यक्रमलाई संस्थाको केन्द्रिय अध्यक्ष मूना राईले अध्यक्षता गर्नु भएको थियो, भने उपाध्यक्ष तथा छैटौ महाधिवेशन र केन्द्रिय साकेला आयोजक समितीका संयोजक जि.एस. राईले स्वागत मन्तव्य दिनु भएको थियो ।

सभापतिको आशनबाट बोल्नु हुदै अध्यक्ष श्रीमती मुना राईले हामी किरात राईहरुको पहिचानको रुपमा रहेको हाम्रो धर्म/संस्कृतिलाई अमेरिकामा ठोस योजना बनाई, यसको संरक्षण गरिनु पर्ने आजको अहम आवश्यकतानुरुप UKROA ले २०१३-२०१६ कार्यकालमा चर्चामा ल्याईएको अमेरिकामा राईहरूको साकेला थानलाई Dream Project को रूपमा कार्यन्वायन गर्ने उद्देश्यले संस्थाका पूर्व केन्द्रिय अध्यक्ष तथा सल्लाहकार विष्णु कुमार राईको संयोजकत्वमा साकेला थान परियोजना निर्माणको अभियानले मूर्तरुप लिदैं गरेको र यस परियोजनालाई सफल बनाउन विभिन्न Task Force हरु समेत गठन गरि परियोजनालाई अगाडी बढाईएकोले आगमी कार्यकाल भित्रमा उक्त परियोजना पूरा हुनेमा आशावादी छु भन्नु भयो। साथै वहाँले साकेला थान निर्माणार्थ छुट्टै बैंक खाता खोली रकम जम्मा गर्न थालिसकिएको र हाल उक्त खातमा संस्थाका ईच्छुक दाता सदस्यहरूबाट $ १०००००.०० रकमको प्रतिवध्दता भै हाल Seed Money को रूपमा $२००२२.०० वैंक खातामा जम्मा भैसकेको समेत जानकारी गराउनु भयो र त्यसैगरी अन्य ईच्छुक दाता सदस्यहरूलाई यस महान अभियानमा वौध्दिक तथा आर्थिक रूपबाट जोडिन अनुरोध पनि गर्नु भयो। यसैगरी च्याप्टर अध्यक्षहरु कर्ण राई,जोर वीर राई र ममता खालिङले अधिवेशन सफलताको लागि शुभकामना दिनुभएको थियो।

महाधिवेशन उद्घाटन समारोह औपचारिक रुपले प्रारम्भ हुनु भन्दा पहिले UKROA क्यालिफोर्निया च्याप्टरद्वारा विभिन्न राज्यहरु बाट महाधिवेशनमा सहभागी हुन आउनु भएका प्रतिनिधी तथा सदस्यहरुलाई किरातहरुको मौलिक प्रतिक चिन्ह धजुरा, पिचुरी र खदा लगाई स्वागत गर्नु भएको थियो । च्याप्टरका सचिव टक्सन राईले उक्त कार्यक्रमलाई संचालन गर्नुभएको थियो साथै किरात नव बालबालिकाहरु र नेपालबाट आउनु भएका नयाँ सदस्य तथा पाहुनाहरुलाई समेत च्याप्टर अध्यक्ष जोर वीर राईले संस्थाको तर्फबाट खदा लगाई स्वागत गर्नु भएको थियो ।

कोभिड महामारीको कारणबाट थाति रहेका संस्थाका आजिवन सदस्यहरूलाई सम्मान पत्र र चेष्ट व्याज, २०१९, २०२० र २०२१ को शैक्षिक वर्षहरुमा हाई स्कुल तथा कलेज ग्राजुएटस् विधार्थीहरूलाई ट्रफी र हालसम्म संस्थाको हरेक गतिविधिमा अव्वल योगदान पुर्याई आउनुभएका युवा वर्गको उच्च सम्मानमा दिइने यूवा पुरस्कार Youth Award न्यू ईङ्गलैण्ड च्याप्टर उपाध्यक्ष शेखर राई र Presidential Award केन्द्रिय बोर्ड सदस्य सुखराज राई, न्यूयोर्कलाई अध्यक्ष मुना राईबाट प्रदान गरिएको थियो।

संस्थाका केन्द्रिय पूर्व अध्यक्ष तथा निर्वाचन संयोजक विष्णु कुमार राई नेतृत्वको निर्वाचन समितीले सफल रुपमा निर्वाचन सम्पन्न गर्दै, जय कुमार राईको नेतृत्वमा ९ सदस्यीय केन्द्रिय कार्य समितीको घोषणा गरी पद तथा गोपनियताको सपथ ग्रहण समेत गराउनु भएको थियो। नया कार्य समितिमा जय कुमार राई अध्यक्ष कनेक्टिकेट् , कुसुम राई उपाध्यक्ष मेरिल्याण्ड, केशव राम राई उपाध्यक्ष न्यूयोर्क, यान राई उपाध्यक्ष क्यालिफेर्निया, मुक्ति नारायण राई महासचिव न्यू ह्याम्पसायर, राजन कुथुमी राई कोषाध्यक्ष न्यू ह्याम्पसायर, तेज राई वोर्ड सदस्य क्यालिफोर्निया, गणेश राई वोर्ड सदस्य न्यूयोर्क, हिमाल राई वोर्ड सदस्य, टेक्सास छन् भने पार्शद सदस्य हरूमा ममता राई, समिता राई, कर्ण राई, जोरविर राई र दमकाजी राईले च्याप्टरको तर्फबाट प्रतिनिधित्व गरेकाछन् ।

अन्त्यमा, नव निर्वाचित अध्यक्ष जय कुमार राईले निवर्तमान अध्यक्ष मुना राईलाई विदाई तथा धन्यवाद दिने क्रममा हाम्रो भाषा र संस्कृतिको संरक्षणको निम्ती यसको बैज्ञानिक खोज/अध्ययनका साथसाथै अभिलेखिकरण समेत गर्दै जानुपर्नेमा जोड दिदै त्यसतर्फ आफुले ध्यान पुर्‍याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो। साथै वहाँले निवर्तमान अध्यक्षलाई किराँती परम्परा अनुसार “सायराम्मा” गर्नु हुदै आज सम्म संस्था र समुदायको लागी पुर्‍याउनु भएको योगदानको कदर गर्दै धन्यवाद दिनु भयो।

अधिवेशनको पछिल्लो दिन फ्रिमण्ट शहरको एलिजावेथ पार्कमा करिव ३०० जनाको उपस्थितीमा ग्राण्ड साकेला उभौली २०२२ भब्यरूपमा सम्पन्न भएको थियो । छैठौं महाधिवेशनबाट निर्वाचित हुनु भएका अध्यक्ष जय कुमार राईको सभापतित्वमा सम्पन्न भएको उक्त ग्राण्ड साकेलामा प्रमुख अतिथी संस्थाका पूर्व अध्यक्ष श्री विष्णु कुमार राई हुनुहुन्न्थ्यो, भने विशेष अतिथी किरात याक्थुम चुम्लुङ्गका संरक्षक सुरेन्द्र फोम्बो हुनुहुन्थ्यो । त्यस्तै गरि नेपाल आदिवासी जनजाती महासंघ क्यालिफोर्नियाका अध्यक्ष देव किरात राई लगायत वे एरियाका विभिन्न संघ सस्थाका प्रतिनिधीहरुको वाक्लो उपस्थिती रहेको थियो। उक्त साकेला समारोहमा किराँती गरगहना र बाजाहरु समेत प्रदर्शनिमा राखिएको थिए, भने उपस्थित सम्पूर्ण किरात राईहरु आफ्नो सांस्कृतिक पहिरनमा सहभागी भएका थिए ।

प्रमुख अथिती विष्णु कुमार राईले किराँतीहरुको महान चाड उभौलीको पावन अवसरमा शुस्वास्थ्य र प्रगतिको शुभकामना संदेश व्यक्त गर्नु भएको थियो, भने विषेश अतिथी सुरेन्द्र फोम्बोले मुन्दुम, प्रकृति र जीवनको अन्योन्याश्रित सम्बन्धको बारेमा चर्चा गर्नु भएको थियो। BBQ सहित विभिन्न किराँती परिकारहरु “सर्भ” गरिएको उक्त साकेला समारोहमा Tamang Cooperation Society of California बाट मेरिनेट गरेको १०० पौण्ड बन्दा बढि BBQ चिकेन सहयोग प्राप्त भएको थियो।

साकेला थानको भूमीपुजा गर्न न्युयोर्कबाट ८३ वर्षिय नाक्छुङ्ग पदम ब. राई आउनु भएको थियो, भने न्यू ह्याम्पसायर बाट पासुङ्ग खडीमान राई समेत उपस्थित हुनु हुन्थ्यो। न्युयोर्क च्याप्टरको साकेला प्रस्तुती टोलीले उत्कृष्ट साकेला नाच प्रस्तुत गरेका थियो,भने केन्द्रिय अध्यक्ष जय कुमार राई, न्यू इङ्गलैण्ड च्याप्टर अध्यक्ष कर्ण राई, क्यालिफोर्निया च्याप्टर महासचिव टक्सन राई, न्युयोर्क च्याप्टर अध्यक्ष ममता खालिङ्ग,बिष्णु कुमारी राई, राधना राई, जानुका राई, नवीन राई , हिरा राई , कृष्ण राई,तेसु राई, रोशन राई, जानकी राई लगायतका कलाकारहरुले किराती धुन र संस्कृति सम्बन्धि गीत तथा नृत्य प्रस्तुत गरेका थिए। त्यस्तै गरी UKROA न्यूयोर्क च्याप्टर तथा Nepali American Artist Association की सिनियर उपाध्यक्ष बसन्ती राईको जोडदार एकल नृत्य समेत प्रस्तुत गरिएको थियो।यस ग्राण्ड साकेला कार्यक्रमको संचालन केन्द्रिय महासचिव मुक्ति नारायण राई र न्यू ईङ्गलैण्ड च्याप्टर उपाध्यक्ष शेखर राईले संयुक्तरुपमा संचालन गरेका थिए।

अन्त्यमा कार्यक्रमलाइ औपचारिकरुपमा समापन गर्दै कार्यक्रमका सभापति UKROA का केन्द्रिय अध्यक्ष जय कुमार राईले महाधिवेसन तथा केन्द्रिय ग्राण्ड साकेलामा खटिनु भएका स्वयम सेवक तथा स्वयम सेविकाहरू: जानुका, शारदा, निशा, दिलु, दियोराम, रत्न, सरु, यान, लक्ष्मी(लोमा), नवीन, तेज,पार्वती, शारदा, हिरा, उमा, प्रेम कुमारी, कृष्ण, कंश, नरभुपाल, ज्ञान, भिम, मात्रा र मुख्य सेफ राम कुमार र उनको टिम लगायत संम्पूर्णमा संस्थाको तर्फबाट हार्दिक आभार ब्यक्त गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु