२०८१ जेष्ठ ७, सोमवार
  • Pramesh Tamu ३ वर्ष अगाडि

काठमाडौ:  ओली पक्षका नेताहरु मात्र रहेको एमालेले स्थायी कमिटीको बैठकबाट प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिन सांसदहरुलाई निर्देशन दिएको थियो । जसले मत दिन्छ, उनीहरु एमालेमा नरहने ओली पक्षको चेतावनी थियो ।

वरिष्ठ नेता नेपाल पक्षका केही सांसदहरू मात्र बिश्वासको मत दिने पक्षमा थिए । तर बिस्वासको मतको पक्षमा पाटीको निर्णय बिपरित ओली पक्षका ८ सांसदहरूले देउबालाइ बिस्वासको मत दिएका छन ।

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका, तर १० बुँदे सहमति जुटाउने कार्यदलमा नेपाल पक्षको नेतृत्व गरेका उपाध्यक्ष भीम रावलले सांसद पदबाटै राजीनामा दिए । उपमहासचिव धनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका नेपाल पक्षका १० सांसदले भोट हालेनन् ।

ओली पक्षमा रहेका ८ सांसदले मत दिए । सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम, धनबहादुर बुढा पार्वती विशंखे, हिरा केसी, बिना बुढाथोकी र समिना हुसेनले प्रधानमन्त्री देउवालाई मत दिएका हुन ।

फेसबुक प्रतिक्रियाहरु