२०८१ बैशाख २०, बिहिबार
  • Namaste Khabar ३ वर्ष अगाडि

काठमाडौँ — नेपाली फुटबल इतिहासमा सोमबार फेरि एक अर्को सफलता थपिएको छ र यसलाई धेरै पछिसम्म सम्झना गरिनेछ । नेपालले दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशलाई २–१ ले हराएर थ्री नेसन्सकप जितेको छ । नेपालका लागि सन्जोग राई र विशाल राईले पहिलो हाफमा एक-एक गोल गरे ।

नेपालले नेपाली भूमिमा जितेको यो फुटबलको दोस्रो उपाधि मात्र हो । यसअघि सन् १९८४ मा उनले काठमाडौंमा भएको पहिलो दक्षिण एसियाली खेलकुदका पुरुषतर्फ स्वर्ण जितेको थियो र यसको ३७ वर्षपछि अर्को उपाधि जित्न सफल भएको छ । अन्तर्राष्ट्रिय फुटबलमा नेपालले जितेको यो समग्रमा पाँचौं उपाधि हो ।

नेपालले सन् १९८४ को दक्षिण एसियाली खेलकुदसँग सन् १९९३ मा यही प्रतियोगितामा स्वर्ण जितेको थियो । त्यसपछि सन् २०१६ मा नेपालले बंगबन्धु गोल्डकप र एएफसी सोलिडारिटीकप जितेको थियो ।

फाइनलको पहिलो हाफमा बंगलादेशमाथि लगातार आक्रमण बुनेको नेपालले १८ औं मिनेटमा गोल गरेको हो । सुनिल बलको कर्नर बंगलादेशको डिफेन्सले राम्रोसँग क्लियर गर्न नसकेपछि सन्जोगले गरेको प्रहार प्रतिद्वन्द्वी खेलाडीलाई छल्दै गोलमा परिणत भएको थियो । यो सन्जोगको पहिलो व्यक्तिगत अन्तर्राष्ट्रिय गोल हो ।

फेसबुक प्रतिक्रियाहरु