२०८१ बैशाख २०, बिहिबार
  • Namaste Khabar ३ वर्ष अगाडि

काठमाडौं : जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७२  पदकसहित दोस्रो  स्थानमा झरेको   छ भने  अमेरिका चीनलाई  उछिन्दै शीर्ष स्थान ओगट्न सफल भएको हो।

चीनले हालसम्म 33  स्वर्ण, २४  रजत र १६ कास्य पदक प्राप्त गरेको छ। अमेरिका पहिलो  तथा जापान चोथो  स्थानमा रहेका छन्। अमेरिकाले २७  स्वर्ण, ३४  रजत र २४  कास्य पदक प्राप्त गरेको छ भने जापानले २१ स्वर्ण, सात रजत र १३  कास्य प्राप्त गर्न सफल भएको छ। यस्तै बेलायत १५ स्वर्ण, १८ रजत र १६  कास्य पदक प्राप्त गरेको  छ। अस्ट्रेलिया १७  स्वर्ण, चार रजत र १8  कास्य पदकसहित पाँचौँ स्थानमा छ।

यसैगरी रसियन ओलम्पिक कमिटी पदक तालिकाको छैटौँ स्थानमा झरेको छ। उसले १४ स्वर्ण, २१ रजत र १८ कास्य पदक प्राप्त गरेको छ। जर्मनी नौ स्वर्ण, आठ रजत र १६ कास्यसहित सातौँ, फ्रान्स छ स्वर्ण, १० रजत र नौ  कास्यका साथ आठौँ, इटली छ स्वर्ण, नौ रजत र १६ कास्य जित्दै नवौँ तथा नेदरल्याण्डस् छ स्वर्ण, आठ रजत र नौ कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ। टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ८५ देशले पदक प्राप्त गर्न सफल भएका छन्।

 

 

फेसबुक प्रतिक्रियाहरु