२०८१ बैशाख २०, बिहिबार
  • रिपब्लिक दैनिक ३ वर्ष अगाडि

शर्मिला राई, धनकुटा । नेश्नल ईन्टरटेन्मेण्ट अवार्ड प्राप्त गीत “माया पलायो” सार्वजनिक गरिएको छ । लोक-पप गीत अन्तर्गत बेस्ट लिरिक्स अवार्ड हात पार्न सफल उक्त गीत धनकुटा खवरको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । “चट्ट कपाल कोरेर” वोलको गीत सार्वजनिक पछि लगत्तै “माया पलायो” वोलको गीत सार्वजनिक गरिएको हो ।

धनकुटा जिल्लाका पर्यटकीय स्थलहरुको प्रचार प्रसारमा समेत टेवा पुर्याउने लक्ष्यका साथ संसारीमाई सिमसार क्षेत्र पाख्रीवास तालतलैया, राम्चे भ्यूटावर र कृषी फर्मको विभिन्न मनमोहक रमणिय क्षेत्रको दृष्य भिडियोमा समावेश गरिएको यो गीत धनकुटा खवरको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको प्रोडक्सन म्यानेजर मोहन राईले जानकारी दिए ।

उक्त गीत रिङब्याक टोन (CRBT & PRBT) पनि एक्टिभ गरिसकिएको प्रोडक्सन म्यानेजर मोहन राईले जानकारी दिए । जसका लागि कोड नं:
१) माया पलायो – NTC (Crbt)-0831643, Ncell (Prbt)-4409, Smart Tel-10120992
२) रात प्यारो पुर्णीमा – NTC (Crbt)-0831644, Ncell (Prbt)-4413, Smart Tel-10120993
३) केहि भुल भएमा – CNTC (Crbt)-0831645, Ncell (Prbt)-4417, Smart Tel-10120994

सञ्चारकर्मी समेत रहेका धनकुटाको पाख्रीवासका विष्णु विक्रम निरौलाको शब्द, सम्पादन र निर्देशन रहेको उक्त गीतमा अस्मिता अधिकारी र विशाल निरौलाको आबाज रहेको छ । यम के निरौलाको संगित रहेको उक्त गीतमा विशाल निरौलाको एरेञ्ज र मिक्सिङ रहेको छ ।

कलाकार सुमन योगी र सिम्रन कार्कीको दमदार अभिनय रहेको उक्त गीतमा अन्य कलाकार नुमामफुङ लिम्वु, आस्था भुजेल, करुण लिम्वु, सुजन राई, पुष्पराज तामाङ र स्वीकृती योगीको भुमीका पनि उत्तिकै गहन रहेको छ । प्रनेश राई (यात्री ब्रोज) ले क्यामेरामा कैद गरेको उक्त भिडियोको नृत्य निर्देशन सुमन योगीले गरेका छन ।

अघिल्लो गीतलाई जस्तै यो गीतलाई पनि दर्शक र श्रोताले मनपराई माया गर्नुहुने गीत उत्पादक टिमले अपेक्षा गरेको छ । हेर्नुहोस् भिडियो

फेसबुक प्रतिक्रियाहरु