२०८१ बैशाख २१, शुक्रबार
  • रिपब्लिक दैनिक ३ वर्ष अगाडि

संगितकार तथा गायक बिक्रम राईको सांगीतिक यात्राले छलाङ मार्दैछ। नेपाली गीत संगितमा निक्कै अब्बल मानिएका र फ्रेन्चाई शो हुनु भन्दा अगाडिको पहिलो नेपाल आईडलको बिजेता समेत रहेका राई अहिले गीत संगितसंगै रमाई रहेका छन। यहि बिचमा राईले संगीत गरेको गीतले गिनिज बुकमा नाम लेख्न सफल भएपछि झन थप सफलता चुलिएको हो।

पाँच जना निर्माता टोलि रहेका युवाहरुले गिनिज बुकमा नाम लेखाउने उद्देश्यले सर्वाधिक उचाई ४८१३ मिटरमा लाईभ बाजा सहित अडियो रेकर्ड तथा सोही ठाउमा म्युजिक भिडियो छायांकन गर्ने लक्ष्य राख्दै गीतको निर्माण गरेका थिए। गोक्यो री नामक गीतले गिनिज बुकमा नाम लेखाएसंगै नेपाली गीत संगीत क्षेत्रमा विश्व ब्यापि मान्यता पाएको हो। राईले आफैले मादल बजाएका थिए। उक्त गीतको अडियो रेकर्ड गराउन राई आफै कलाकार टोलि र अन्य टिम सहित पर्यटन क्षेत्रको उद्गम थलो गोक्यो तर्फ गत कार्तिक १७ गते प्रस्थान गरेका थिए।

गोक्यो रि गीतको गीतकार मिलन किराँती, स्वर बबिना राई, संगित संयोजन फनिन्द्र राई र अडियो रेकर्डिङ वरिष्ठ साउन्ड ईन्जिनियर छिरिङ भोटेले गरेका हुन। म्युजिक भिडियो दुर्लभ जन्तरे ( बुद्धि राज राई ) को निर्देशन, गायिका तथा मोडेल बबिना किराँती, मोडल अनिश सिङ्जाली मगर, बाल कलाकार १० वर्षीय रायल राईलाई देख्न सकिनेछ भने म्युजिक भिडियोको छायांकन तथा सम्पादन ईशक जबेगुले गरेका हुन् । दुर्गा प्रसाद राईले सहयोगी छायांकनको भुमिका खेलेका थिए। त्यस्तै लाईभ बद्यबादनमा बिक्रम राईले मादल, राजिब बैजुले गिटार, बिक्रम गुरुङले अक्टाप्याड र पावल राईले बासुरी बजाएका हुन् ।

गोक्यी री गित नेपालको पर्यटन क्षेत्रलाई लक्षित गरि पर्यटन

ब्यबसायी समेत रहेका निर्माता सन्च बहादुर राई, लक्ष्मण कार्की, कार्यक्रमका संयोजक तथा तीन पटकसम्म विश्व कीर्तिमान गर्न सफल पुष्कर नेपाल, संचारकर्मी तथा सिनेमाटोग्राफर राजन खरेल, र चर्चित कार्यक्रम ईन्द्रेणी कार्यक्रमका बासुरी बाधक पावल राईले निर्माण गरेका हुन् ।

निर्माता समेत रहेका सन्च बहादुर राई, पावल राई, लक्ष्मण कार्की सोलुखुम्बुका हुन भने पुष्कर नेपाल सिन्धुपाल्चोक र राजन खरेल काभ्रेका हुन। गिनिजले पाँच जना निर्माता टोलिलाई रेकर्ड होल्डरको प्रमाणपत्र उपलब्ध गराउने छ। भने बाकी सबैलाई वर्ल्ड रेकर्ड पार्टिसिपेट सर्टिफिकेट उपलब्ध गराउने छ।

 

अब केही समय पश्चात औपचारिक कार्यक्रम बिच विश्व कीर्तिमानको प्रमाणपत्र प्राप्त हुने निर्माता सन्च बहादुर राईले जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु