२०८१ बैशाख २१, शुक्रबार
  • रिपब्लिक दैनिक ३ वर्ष अगाडि

ममता राई “यात्री”

बिकराल थिए यात्रा
अजंगको भुमरीमा
एकहोरीएर हाम फालेका
राता सिपाई
र ,
शाहसी देश भक्तीको
ट्याग भिरेर,
मुत्तीको बुलन्द आवज
घन्काउदै गाउवेसी ,
अनी पाखापखेराहरु सित
मितेरी लगाउदै ,
हिडेका पलहरुका हरेक
यादहरु कत्ती मिठा छन

सधै डुबिरहु लाग्छ !!
तेही निर्दोस समयहरु सित
खेली रहु लाग्छ !!!
अनी सधै तेही उथल पुथल
मौसम सित घुर्की लगाइ लगाइ
बाजिरहु लाग्छ
तर
ति समयहरु त निकै
टाढीसकेछन कती चाडै??

न्यायको भिख माग्न
न्यायको आवज सुसेल्न
समानताको बिगुल फुक्न
लाम्बद्द
कलीला , कसीला जवानीका रंगहरु
भरभराउदा सोह्र वर्षे त्यो बैसालु

कलकलाउदो जिन्दगीहरु
लाम्बद्द थियौ
रणमैदानमा

आँसु पिएर हासो ओकल्न
संकट झेलेर मुत्तीको प्रर्शाद बाड्न
सोषक सामन्ती र भ्रष्टचारको
जरा उखेल्न
त्यागेर आमबाबा

सबै परिवार,जनहरु
सगै हिडेका हामी
मृत्यु सुईकारेर मुत्ती दिलाउन
सोषित,पिडीतहरुलाई !!
मन भरीएर ताजै आउछ
सबै ति नै माँहान
सहयात्रीहरुको याद !!

बारुदको धुवाँ र बन्दुकको
नाल भित्र बाट
अनी
निर्दोष जनताहरुको न्यानो
पोल्टा बाट
बाच्ने त बाच्यौ हामी
तर
छुटे यात्रमै कैयौ सहयात्रीहरु
बमबारुद र गोली निलेर
कठै!!
कती धेरै आउछनी
ति नै महान सहीद बनेका
सहयात्रीहरुको याद !!

मन पोलेको कसैले देख्दैन
आफ्नो आस्था ढल्दा
अपार प्रेम राष्ट्र र जनताहरुको
प्यर टुट्दा को पिडा
ति सब थाह छ
स्वार्थ पालेर पाईला
सारेनौ
शान्ती, मुक्ती, समानता
अनी
साम्यवाद को सुन्दर
फ़ुल फुलाउने सपनामा
लाम्बन्दित थियौ
जहां फुट्दा आफनै
आस्थाहरु
सहेर बाच्नु परेकै छ दुखाई,
जहां
संगिन भिरेर
रंगीन गित गाउने हामी थियौ
गोलिको छर्रा र बमको
धमका भित्र पनी
खुकुरी नाच नाच्ने हामी थियौ
पुर्व मेची देखी पश्चिम महाकाली सम्म
हामी एउटै भान्छामा
एउटै चुलामा
एउटै थालमा खाएर हिडेका
मिठा अनि असिम बर्गीय प्रेम
कहा त्येसै मरेंको छ र?
आउछनी बेस्सरी ति नै महान
सहयात्रीहरुको याद।।

कलिला थियौ
क्रान्ति बुझेकी थिएन
तर अन्याय बुझेकी थिए
सहनु थिएन अत्यार ,अन्याय,
युद्द पनी बुझेकी थिएन
तर स्वातन्त्रता बुझेकी थिए
जहा दासताका जंझीरहरु भित्र
तड्पीरहेका कैयौ निर्दोस मानीसहरु
देखेकी थिए
त्येसैले र कठीन भए पनी
ज्यानको बाजी दिने आठोट लिए

जहां मुत्तीकामी कैयौ यात्रीहरु
भेटेकी थिए
जहां दु:खमा आँसु पुछी दिने
सुखमा हासो थपीदिने
सबै महान मनकारी सहयोद्दाहरुको
धेरै माया लाग्छनी
धैरे नै स्मरन हुन्छ नी
अनी ,
आईरहन्छनी ति नै महान्
सहयात्रीहरुको याद
महान मान्छेहरुको याद
महान यात्राको याद

फेसबुक प्रतिक्रियाहरु