२०८१ बैशाख २०, बिहिबार
  • रिपब्लिक दैनिक ३ वर्ष अगाडि

काठमाडौं, २१ फागुन । धनकुटाको पाख्रीबासस्थित संसारीमाई सिमसार क्षेत्रमा छायाङ्कन गरिएको ‘चट्ट कपाल कोरेर’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

धनकुटा जिल्लाका पर्यटकीय स्थलहरुको प्रचार–प्रसारमा समेत टेवा पु-याउने उदेश्यका साथ संसारीमाई सिमसार क्षेत्रमा छायाङ्कन गरिएको ‘चट्ट कपाल कोरेर’ गीतको भिडियोलाई धनकुटा खबरको युट्युव च्यानलमार्फत रिलिज गरिएको हो ।

सार्वजनिक गीतको रिङब्याक टोन (सीआरबीटी र पीआरबीटी) समेत एक्टिभ गरिसकिएको प्रोडक्सन म्यानेजर मोहन राईले जानकारी दिए । गीतमा कमेन्ट गरेर सल्लाह, सुझाव तथा प्रतिक्रिया दिने पाँच (५) जनालाई रिचार्ज कार्डमार्फत् पुरस्कृत गरिने प्रोडक्सन म्यानेजर राईले जानकारी दिए ।

प्रोडक्सन म्यानेजर राईले भने, ‘दुई साताको समयावधिमा गरिएका कमेन्टमध्ये सबै भन्दा बढी जुन कमेन्टमा लाइक आउछ । उनीहरुलाई एक÷एक हजार रुपैयाँको दरले ५ जनालाई रिचार्ज कार्डमार्फत् पुरस्कृत गरिनेछ ।’

समान लाइक आएको खण्डमा ‘लक्की ड्र’मार्फत् नाम छनौट गरेर रिचार्ज कार्ड पठाइने पनि उनले जानकारी दिए । विजेताको नाम छनौट भइसकेपछि पुरस्कार जित्ने व्यक्तिले धनकुटा खबरको मेलमा आफ्नो नाम, ठेगाना र मोवाइल नं (नागरिकताको फोटोकपी) पठाउनु पर्नेछ ।

गायक किरण भुजेलको आवाज रहेको उक्त गीतमा विष्णु विक्रम निरौलाको शब्द रहेको छ । एमके निरौलाको संगीत रहेको उक्त गीतमा विशाल निरौलाको एरेञ्ज र मिक्सिङ रहेको छ ।

गीतको भिडियोमा सुमन योगी र सिम्रन कार्कीको अभिनय रहेको छ । प्रनेश राई (यात्री ब्रोज)ले क्यामेरामा कैद गरेका उक्त भिडियोको नृत्य निर्देशन विशेष लामा गुरुङले गरेका छन् । सम्पादन तथा निर्देशन गीतकार स्वंय विष्णु विक्रम निरौलाले गरेका छन् ।

आफ्नो पहिलो गीत दर्शक सामु राख्न पाएकोमा खुशी ब्यक्त गर्दै गीतकार, सम्पादक तथा निर्देशक निरौलाले यसै गीतमार्फत् आफूले आम दर्शकहरुको माया र साथ पाउने अपेक्षा गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु