२०८१ बैशाख २०, बिहिबार
  • रिपब्लिक दैनिक ३ वर्ष अगाडि

गित संगितको दुनियामा नेपाली साहासीक कलाकारहरुको टोलिले एउटा छुट्टै नया आयम थपेका छन । कोरोना महामारिले विश्वको जनजीवन मात्र नभै सबै क्षेत्रका उद्योगहरु बन्दा हुने अवस्थामा पनि नेपाली कलाकारहरुले नेपाली गित संगितसङ्ग नजिक रहेर एउटा साहासिक र ऐतिहासिक काम सम्पन्न गरेका छन । दैनिक जसो गित रेकर्ड गर्न ब्यस्त स्टुडियोहरु अहिले बन्दा जस्तै रहेको बेला सोलुखुम्बु जिल्लाको हिमाली क्षेत्र गोक्योमा कलाकारहरु बाद्यबादन र रेकर्डिङका लागि आवस्यक उपकरण सहित पुगेर लाईभ बाजा बजाएर सोही ठाउमा अडियो रेकर्ड तथा भिडियो छायांकन सम्पन्न गरि गोक्यो रि नामक म्युजिक भिडियो सार्बजनिक गरेका छन। भिडियो भखरै गायिका तथा मोडेल बबिना किराँतीको अफिसियल युट्युब च्यानलबाट अपलोड भएको छ ।

झट्ट सुन्दाअसम्भव जस्तो लाग्न सक्छ तर कलाकारहरुले यसलाई ४८१३ मिटर उचाईमा अडियो तथा भिडियो छायांकन गरि सम्भव बनाएका छन । काठमाडौबाट ३५ मिनेटको हवाई मार्ग प्रयोग गरि संसारकै खतरनाक बिमानस्थल लुक्ला र त्यहाबाट लगातार ५ दिन हिडेर सम्पुर्ण बाद्यबादक तथा आवस्यक उपकरण सहित कलाकार टोलि त्यस क्षेत्र पुगेको थिए । ईतिहासमै यो उचाईमा अडियो रेकर्ड तथा म्युजिक भिडियो छायांकन पहिलो रहेको निर्माण पक्षले दाबी गरेको छ । सगरमाथा राष्ट्रिय निकुन्ज भित्र पर्ने यस क्षेत्रमा म्युजिक भिडियो छायांकन गर्नको लागि निकुञ्जले तोकेको अधिकारी सरोज रेग्मीको प्रत्यक्ष निगरानीमा गरिएको थियो । जो कोहि हत्तपत्त त्यस क्षेत्रमा जाने आट गर्दैनन तर कलाकार टोलि भने त्यस क्षेत्रमा पुगेर कार्य सम्पन्न गरेका हुन।

उक्त गोक्यो रि गितमा अहिलेका चर्चित गायिका बबिना किराँतीको स्वर, बहुप्रतिभाशाली गायक तथा संगितकार बिक्रम राईको संगित, मिलन किराँतीको शब्द, फनिन्द्र राईको संगित संयोजन रहेको थियो भने वरिष्ठ साउन्ड ईन्जिनियर छिरिङ भोटेले अडियो रेकर्ड गरेका हुन । भिडियो निर्देशन दुर्लभ जन्तरे ( बुद्धि राज राई ) ले गरेका हुन भने भिडियोमा मोडेल तथा गायिका समेत रहेको बबिना किराँती, मोडल अनिश सिङ्जाली मगर, र १० वर्षिय बाल कलाकार रायल राईलाई देख्न सकिने छ। भिडियो छायांकन तथा एडिट ईसाक जबेगुले गरेका हुन भने क्यामेरा सहयोगिको रुपमा दुर्गा प्रसाद राई रहेका थिए ।

 

त्यस्तै लाईभ बाद्यबाधनमा गिटारिस्ट राजिब बैजु, मादल बिक्रम राई, बासुरी पावल राई तथा अक्टाप्याडमा बिक्रम गुरुङ रहेका छन । गोक्यो रि नामक उक्त भिडियो निर्माता पर्यटन ब्यवसायी सन्च बहादुर राई, बासुरी बादक पावल राई, सिनेमाटोग्राफी राजन खरेल, र पर्यटन व्यावसायी तथा समाजसेवी लक्ष्मण कार्की रहेका छन। यो सम्पुर्ण प्रोजेक्टको निर्देशक तथा सहजीकरण भने गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डर पुष्कर नेपालले गरेका थिए। निर्माण पक्षले जानकारी दिए अनुसार कोरोनाले थला परेको पर्यटन क्षेत्र र गित संगित क्षेत्रमा केही नया काम गरेर थोरै भए पनि यस क्षेत्रमा योगदान दिने रहेको बताएका छन। छायांकन गरिएको गोक्यो क्षेत्र विश्व सिमसार क्षेत्रमा सुचिकृत एक ऐतिहासिक धार्मिक ठाउ मात्र नभएर नेपालको उत्कृष्ट पर्यटन गन्तव्य भित्र पनि पर्दछ।

गोक्यो ताल नजिक रहेको गोक्यो रिबाट ८ हजार भन्दा माथिका ४ वटा अग्ला हिमाल एकै ठाउबाट हेर्न सकिन्छ। साथमा अन्य अनगिन्ती अग्ला र होचा हिमालहरु लस्करै देख्न सकिने एक मात्र ठाउँ हो। गोक्यो री गित मार्फत गोक्यो क्षेत्रको अनुपम सौन्दयताको वर्णन गरि त्यस क्षेत्रमा सबैलाई एक पटक पुग्न आग्रह गर्दै त्यस क्षेत्रलाई स्वर्गसङ्ग तुलना गरिएको छ। कलाकारहरुले यस्तो साहासिक काम पनि सहज तरिकाले सम्पन्न गरेकोमा निर्माण पक्षले खुसी ब्यक्त गरेका छन। यस्तै भिडियो निर्माणमा सहयोग गर्ने सम्पुर्ण होटल व्यावसायी लगायत सम्बद्ध सबै प्रती धन्यवाद दिदै भिडियो निर्माणमा आफुहरुले सबै क्षेत्रबाट अत्यान्तै ठूलो माया र सहयोग पाएको बताएका छन। सुरु देखि अडियो भिडियो सम्पन्न गर्न २० लाख लागत लागेको पनि निर्माण पक्षले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रियाहरु