२०८१ जेष्ठ ७, सोमवार
  • Namaste Khabar ३ वर्ष अगाडि

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने निर्वाचनपछि अत्याधिक बहुमतको साथ फेरी आफु नै सत्तामा आउने दाबि गरेको छ ।

भारतीय न्यूज च्यानल ‘जी न्यूज’लाई एक अन्तरबार्ता  दिदै ओलीले यस्तो दाबि गरेको हो । अन्तरबार्ता दिदै ओलीले निर्वाचनमा आफ्नो पार्टीले अत्यधिक बहुमत ल्याउने दावी गरेका हुन् ।

आफ्नो पार्टीले बहुमत ल्याउन नसकेको अवस्थामा पनि ठुलो दलका रुपमा आफ्नै पार्टी स्थापित हुने र आफूले नै नयाँ सरकारको नेतृत्व गर्ने ओलीको दावी गरे । नेपाली जनताले विकास, समृद्धि चाहेको र जनताको त्यो चाहनालाई पूरा गर्न आफूले सार्थक प्रयास गरिरहेको ओलीले  बताए ।

फेसबुक प्रतिक्रियाहरु