२०८१ जेष्ठ ७, सोमवार
  • Namaste Khabar ३ वर्ष अगाडि

टोकियो: जापान सरकारले कोरोनाभाइरसको प्रसार रोक्नको लागि बिहीबार टोकियो लगाएत कानागावा, सैतामा र चिबा क्षेत्रहरुमा आपतकालिन अवस्था घोषणा गर्ने निर्णय गरेको छ। 

सम्भवत घोषणा जनवरी ७  शुक्रवारदेखि फेब्रुअरी  सम्म लागु   हुने जनाइएको छ । सरकारले आपतकालीन घोषणाको लागि सल्लाहकार समितिबाट राय लिई सकेको छ भने यसलाई संसदमा सुचिकृत गरिसके पश्चात कोरोना भाइरस रोकथाम कार्यदलले औपचारिक निर्णय गरेपछि लागु हुनेछ । 

जसको लागि प्रधानमन्त्री सुगाले  आर्थिक पुनरुत्थान मंत्री निशिमुरा यासुतोशी र स्वास्थ्यमन्त्रि तामुरा नोरिहिसासँग भेट गर्नु भएको छ । भेटमा आपतकाल घोषणा र तत्कालिन राहत आदिको बारेमा  छलफल गरेको   बताइएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु