२०८१ बैशाख १७, सोमवार
  • Namaste Khabar ३ वर्ष अगाडि

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रिपरिषदमा माओबादीबाट गएकाहरुले प्राथमिकता पाएका छन् |

मन्त्रीहरुमा  श्रममन्त्रीको जिम्मेवारी प्रभु साहले पाएका छन, पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिएका छन् ।

यस्तै, टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालय दिएको बुझिएको छ । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरुको आज साँझ ७ बजेलाई सपथको कार्यक्रम राखिएको छ । यस्तै गरि बादल गृह सहित बरिष्ठ उपाध्यक्ष रहने बताइएको छ |

प्रचण्ड–माधव पक्षका मन्त्रीहरुले राजीनामा दिएपछि ती मन्त्रालयहरु खाली रहेका थिए । नयाँ मन्त्रीहरुमा पूर्वमाओवादीका नेताहरुले प्राथमिकता पाएका हुन्  ।

फेसबुक प्रतिक्रियाहरु