२०८१ बैशाख २१, शुक्रबार
  • Namaste Khabar ३ वर्ष अगाडि

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को  संसदीय दलको आज बस्ने  बैठकले कार्यकारी अध्यक्ष प्रचन्डलाइ संसदिय दलको नेतामा चयन गर्ने भएको छ ।

नेकपा संसदिय दलको बैठक आज १ बजे बानेश्वरस्थित संसद भवनमा बस्न लागेको नेकपाले बताएको छ । बैठकले दलको नेता चयन गर्नेछ । यसअघि नेकपाको दलको नेता केपी शर्मा ओली थिए ।

मङ्गलबार बसेको केन्द्रीय समिति बैठकले आज संसदीय दलको बैठक तय गर्दै नयाँ नेता चयन गर्न लागेको हो । नेता देव गुरुगका अनुसार बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गर्ने तयारी छ ।

यसअघि मंगलबारै बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै रिक्त स्थानमा नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरिसकेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु