२०८१ बैशाख २१, शुक्रबार
  • रिपब्लिक दैनिक ३ वर्ष अगाडि

काठमाडौ – चर्चित गायक तथा संगीतकार सुमन राईको स्वर तथा संगीतमा रहेको “साप्सु बगरमा” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। अत्यान्तै मेलोडियस यो गीतको संगीत संयोजन पनि सुमन राईले नै गरेका हुन्। गायन भन्दा संगीतको क्षेत्रमा निक्कै सफल बनेका गायक तथा संगीतकार सुमन राई सुगम संगीत र लोक गीतको क्षेत्रमा निक्कै ब्यास्त छन् भने पछिल्लो समय एरेञ्ज पनि आफै गर्दै आएका छन्।

सार्वजनिक गीतको शब्द रचना जैबी चाम्लिङले गरेका हुन् भने मिक्सिङ मास्टरिङ्ग गोभिन्द सोनीले गरेका हुन्। यो गीतको रेकर्ड सुवास कुथुमिले गरेका हुन्।

सोनाम पाख्रिनले निर्देशन गरेको यो गीतको म्युजिक भिडियोमा अनिश मगर , संगीता थापाले अभिनय गरेका छन्। एक प्रेमिल जोडी छुट्नु पर्दाको पिडालाई म्युजिक भिडियोमा कलात्मक तरिकाले देखाईएको छ।

म्युजिक भिडियोमा सृङ्गार सोनी राईको रहेको छ भने पोस्टर अनिल कुमार महर्जन (जेनेक्स मिडिया ) को रहेको छ।

म्युजिक भिडियो यहाँ हेर्नुहोलाा ।”

फेसबुक प्रतिक्रियाहरु