२०८१ बैशाख २२, शनिबार
  • Namaste Khabar ३ वर्ष अगाडि

काठमाडौं :  अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएका छन् ।

कार्यकारि अध्यक्ष प्रचण्ड लगाएत विभिन्न पार्टीका नेताहरुले उक्त आध्यादेशको चौतर्फी आलोचना गरेपछि ओली बाध्य भएर बिधयक फिर्ता लिएको हो |

पटक पटक बैठक अवरुद्ध हुन पुगेपछि ओलीले पार्टीभित्र कुनै सल्लाह नै नगरी हतारमा   प्रचण्डलगायतलाई ‘देखाइदिने’ शैलीमा अध्यादेश ल्याएका थिए ।
सोही अध्यादेशका कारण पार्टीभित्र र बाहिरका साथै सर्वोच्चमा समेत रिट परेपछि प्रधानमन्त्री ओली ब्याक हुन राजी भएका हुन् ।

यस्तै बालुवाटारको छलफलमा ओली इतरसमूहले संसद बैठक बोलाउन अनुरोध गर्दै राष्ट्रपतिलाई बुझाएको हस्ताक्षर फिर्ता लिने सहमति पनि भएको छ । यो सहमति सँगै स्थायी समिति बैठक बालुवाटारमा ओलीसहित सुरु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु