२०८१ जेष्ठ ६, आइतवार
  • Namaste Khabar ३ वर्ष अगाडि

दमौलीः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएको छ ।

पौडेल सहित पक्राउ परेका कांग्रेस कार्यकर्ता सबै रिहा भएको तनहुँ कांग्रेसले जनाएको छ। अहिले पौडेल कार्यकर्तासहित दमौलीस्थित पार्टी कार्यालय पुगेका छन्।

बुधबार दिउँसो तनहुँ जिल्ला व्यास नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएको थियो।

नेता पौडेल पक्राउ परेको विषयको चौतर्फी विरोध भएपछि प्रहरीले भर्खरै नेता पौडेलसहित पक्राउ परेका कांग्रेसका नेता तथा कार्यकर्तालाई रिहा गरेको हो।

फेसबुक प्रतिक्रियाहरु