२०८१ बैशाख २७, बिहिबार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

लक्ष्मण गौतम
मान्छे मारेकालाई जन्म कैद भन्ने कानुनी ब्यवस्था छ तर पहुचवालालाई कुनै कारवाही हुँदैन , पहुच नभएका जेलमा सड्छन । चोरलाई कारवाही हुने कानुनी ब्यवस्था छ तर कुखुरा चोर , साईकल चोर , केही लाख / हजार चोर ( कर्मचारी ) लाई कारवाही हुन्छ , अर्वौ चोर्ने भ्रष्ट्राचारीहरुलाई कारवाही हुँदैन ( वाईड बडी , सुन , एती , ओम्नी , चिनिया समाग्री , ७० करोड , वालुवाटार यसका उदाहरण हुन ) ।

अहिले बलात्कारीलाई कडा कारवाही होस भन्दै देशै भर कालो कपडामा आन्दोलन भैरहेको देखिन्छ । बलात्कारीलाई कारवाही हुने कानुनी ब्यवस्था त अहिले पनि छदै छ तर माथि लेखे झै पहुच नभएकालाई मात्र कारवाही हुन्छ । भोली बलात्कारीको लिंग काट्ने कानुन बनाए पनि लिंग काटिने उही पहुच नभएकाहरुको मात्र हो । पहुचवालाको लिंग कसले छुने ? तेसैले यहाँ समस्या कानुनको होईन सिस्टमको हो । राज्य संचालन गर्ने ठाउँमा यिनै नेताहरु रहदा सम्म सिस्टम बदल्ने वाला छैन । कोही झापामा टाउको काटेर आएका छन , कोही १७००० मारेर आएका छन , जसको पृष्‍ठभूमी नै अपराधिक छ भने उनीहरुले संचालन गरेको राज्यमा कसरी कानुन स्थापित हुन सक्छ ? तसर्थ हामी कडा कानुनको लागि होईन नेत्रित्व परिवर्तनका लागि लडौ । राम्रा मान्छे ठाउँमा पुग्ने हो भने सिस्टम , देश आँफै बन्छ । समस्या कानुनको होईन कानुन कार्यान्वयन को हो । बिरालोलाई दुध कुर्न दिएर दुध सुरक्षित हुँदैन , सुगुरलाई गु कुर्न दिएर गु सुरक्षित हुँदैन ।

महरा कान्ड आयो । त्यहाँ जे भएको थियो बर्षौ देखी सहमतीमा भएको थियो तर किन पुरुष मात्र दोषी देखिए ? बलात्कारीलाई कडा सजाय हुनु पर्छ भन्नेमा मेरो दुई मत छैन तर हरेक बलात्कारमा पुरुष मात्र दोषी हुँदैनन । सहमतीमा बर्षौ देखी रमाईलो गर्ने अनि कुनै दिन सम्बन्ध बिग्रियो भने महिलाले उजुरी दिदा पुरुष मात्र दोषी देखिने यो कस्तो असमान समाज हो ? पुरुषको पक्षमा को बोलिदिने ? सहमतीमा रसलीला गर्ने अनि दोष चाँही पुरुषले मात्र लिनु पर्ने यो कस्तो समाज हो ? महरा जेल बस्दा रोशनी जेल बस्नु पर्दैनथ्यो ? पत्रकारले महरालाई बलात्कारी बनाए , अदालतले सफाई दियो तर उनको गुमेको प्रतिस्ठा अनि सकिएको राजनितीको जिम्मा कसले लिने ? यो त एउटा घटना मात्र हो तर हाम्रो समाजमा यस्ता हजारौ घटना हुन्छन जहाँ सहमतीमा शारिरिक सम्बन्ध राखिन्छ र पछि सम्बन्ध बिग्रिदा यसलाई बलात्कारको रुप दिईन्छ । उमेर पुगेका जोडीले सहमतीमा शारिरिक सम्बन्ध राख्न परे जाने कहाँ हो ? कि शारिरिक सम्बन्ध राख्नै नहुने हो ? होटलमा छापा हानेर जोडी समाउनुको तात्पर्य के हो ? बेश्याबृती गर्न नपाउने कानुनी ब्यवस्था होला तेसैले पैसाको लेनदेन हुनु भएन तर सहमतीमा माया गर्दा राज्यलाई के को आपत्ती ? के नेपालमा सबै ब्रम्हचारी बस्नै पर्ने कानुनी ब्यवस्था छ र ? जोडी समाउने कानुनी ब्यवस्था हो कि मान्छेको ईज्जतलाई ब्याकमेलिङ गरेर पैसा कमाउने गैरकानुनी धन्दा हो ?

अहिले हाम्रो समाजमा अपराध बढेर गएको छ किनकी यहाँ अपराधीको अपराध होईन उसको पावर र पहुच हेरेर कारवाही हुन्छ तसर्थ अपराधीको लिंग काट्ने कानुन ल्याए पनि , घाटी काट्ने कानुन ल्याए पनि जब सम्म देशमा कानुनी राज्य स्थापित हुँदैन तब सम्म तपाईं हाम्रा दिदी बैनी बलात्कार भैरहन्छन । समस्या लिंग वा योनीमा मात्र होईन सत्ता चलाऊने शासकहरुको नियतमा छ । सबै अपराधीलाई कारवाही हुने कानुनी राज्य स्थापित गर्न सक्ने हो भने ७०% अपराध तेसै कम हुन्छ तर कुनै पनि समाज अपराधमुक्त हुन सक्दैन किनकी अपराध ब्यक्त्तीले होईन उसको दिमागले गर्छ । बलात्कार लिंगले होईन दिमागले गर्छ ।

फेसबुक प्रतिक्रियाहरु