२०८१ जेष्ठ ७, सोमवार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

विभिन्न समयमा चर्को आलोचना र चर्को समर्थनका कारण विवादित र आक्रमणमा समेत पर्दै आएका मुकुन्द घिमिरे “मुकुन्दे” फेरि चर्चामा आएका छन । भोजपुरमा जन्मिएका मुकुन्दे कुनै अयोग्य व्याक्ती चाहिँ हैनन । ०५५ सालमा ६९ प्रतिशत ल्याएर पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानबाट ओभरसियर पास गरेका मुकुन्देलाई पागलको संज्ञा दिनेहरूको जमात नि निकै छन । तर कोहि भने मुकुन्दे स्पष्ट वक्ता समेत भएको दाबी गर्दछन ।

‘पहाडमा रेलैरेल । मधेसमा खेतैखेत । ट्याक्टरले खेत जोत्ने । हेलिकप्टरले बीउ छर्ने । १० करोडसम्म जनतालाई सुखले पाल्ने । र, ३६५ दिन नै दसैं घोषणा गर्ने सपना देखेका मुकुन्दे पछिल्लो समय फेरि चर्चामा आएका छन ।

सामाजिक अभियान्ता मुकुन्द घिमिरे ‘मुकुन्दे’ ले सिन्धुपाल्चोकको  जुगल गाउँपालिका वडा नम्बर २ लिदीका पहिरो पिडितलाई सहयोग रकम हस्तान्तरण गरेर चर्चामा आएका हुन् । सोमबार बिहान सिन्धुपाल्चोकको लिदी पहिरोस्थल मै पुगेर हेम थापा फाउन्डेसनको सहयोग रकम ९० हजार नेपाली रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

उनले यसअघि पनि  सिन्धुपाल्चोकको बाह्रबिसे बाढी पिडितलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु