२०८१ बैशाख २२, शनिबार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

सञ्च खालिङ राई

केही समय अगाडीसम्म गित सुन्नको लागि रिलमा क्यासेट किन्नु पर्ने जमाना थियो अहिलेको जस्तो डिजिटल जमाना थिएन। यसले श्रोता,श्रस्टा र सर्जकहरुलाई जोड्न कठिन हुन्थ्यो। बजारमा आएको लामो समय पछि बल्ल सृजनाहरु श्रोताहरुले पाउथे कति त श्रोतासम्म पुग्नै पनि सक्दैन थियो। बल्ल सृजना सकिएपछि म्युजिक बितरक कम्पनीले बजारमा ल्याउथ्यो तर अहिले भने त्यो युगको अन्त्य भएको छ।

डिजिटल मार्केटले गर्दा रेकर्डिङ भएको केही समयमा नै श्रष्टाहरुको सृजना श्रोताहरुकोमा सजिलै पुग्छन। हुन त अहिले पनि ठुल ठुला म्युजिक बितरक कम्पनीहरु नभएका हैनन थुप्रै छन तर पनि पछिल्लो समय श्रष्टा र सर्जकहरुले आफ्नो सृजनालाई आफैले आफ्नो अफिसियल च्यानल मार्फत श्रोताहरुसम्म पुर्‍याउने क्रम ह्वात्तै बढेको छ।

२ वर्ष अगाडि लोकप्रिय सङ्गितकार तथा गितकार डि आर अटुको शब्द सङ्गित, बबिना किराँतीको आवाज, राजु कार्किको सङ्गीत संयोजन, युवराज वाईबाको निर्देशन, उत्सब दाहाल क्यामेरा, अनिश मगर तथा मोडेल गायिका बबिना किराँतीको अभिनय रहेको प्रवासी नेपालीहरुको दुख पिडालाई समेटिएको अत्यान्तै मार्मिक चरी भए गित बिन्दावासीनीको अफिसियल युट्युब च्यानलमा अपलोड भएको थियो।

अपलोड भएको छोटो समयमा दर्शक श्रोताहरुले अत्याधिक रुचाएको उक्त गित ३५ लाख भन्दा बढिले हेरिसकेका छन तर अहिले उक्त गित बिन्दावासिनी म्युजिक कम्पनी र गायिका बबिना किराँतीको आपसी सहमतिमा बिन्दावासिनीको अफिसियल युट्युब च्यानलबाट हटाईएको हो। अब भने चरी भए गित बबिना किराँतीको अफिसियल युट्युब च्यानलबाट हेर्न सकिने छ भने यश गितको सर्बाधिकार गायिका बबिना किराँतीसङ्ग नै सुरक्षीत रहने भएको छ।

छोटो समयमै चर्चा र छुट्टै पहिचान बनाउदै स्थापित हुन सफल भएका उदायिमान चर्चित गायिका बबिना किरातीको यो पहिलो एल्बममा समाबेश गित हो। बबिना किराँतीको यो गित नै यश क्षेत्रमा सफलताको पहिलो सिडि हो। उक्त गित दर्शक श्रोताहरुले अत्याधिक रुचाई दिए पछि चरि भए भाग दुई पनि अब छिट्टै बजारमा आउन लागेको हो। चरी भए गितको सम्पुर्ण टिम नै पुन भाग दुईमा पनि दर्शक श्रोताहरुले देख्न पाउनु हुनेछ।

दर्शक श्रोताहरुले विशेष गरि रक स्टार गायिका भनेर चिनेका किरातीले रक स्टाईलमा आफ्नै शैलिले यो मारुनी लोकलयको गितलाई न्याय गरेपछी सबैको रोजाईमा पर्न सफल गायिका बबिना अहिलेको ब्यस्त कलाकार हुन। दिनहु रेकर्डिङमा ब्यस्त हुने किरातीले यस्ता थुप्रै गितमा आफ्नो जादुमयी आवाज दिइसक्नु भएको छ। सबै खालका गितलाई आफ्नै मौलिक सैलिमा न्याय गर्न सक्ने र सबै खालका गितमा उत्तिकै रुचाईएका बबिना गायकिमा मात्र नभै अभिनयमा पनि उत्तिकै अब्बल साबित गरेकि छिन जुन कुरा यश गितको म्युजिक भिडियोमा उनले गरेको अभिनयले नै पुष्टि गर्छ।

छोटो समयमा नै यसरी चौतर्फि दर्शक श्रोताहरुको अत्याधिक माया पाएका बबिना भन्नू हुन्छ अब यत्ती धेरै माया पाएको छु। मलाइ जसरी माया गर्नु भएको छ त्यसरी नै मेरो नया च्यानललाई माया गरेर सस्क्राईब गरि गित सङ्गितलाई माया गर्दिनु होला। अब मलाई यो क्षेत्रबाट दायाँ बायाँ गर्ने छुट छैन र म निरन्तर यहि नेपाली गित सङ्गित क्षेत्रमा आफ्नो सम्पुर्ण जीवन समर्पण गर्छु। बबिनाको मनोकामना पूरा होस र सफलता मिल्दै जाओस हामी सम्पुर्ण नेपाली श्रोताहरुको अथक कामना छ।

फेसबुक प्रतिक्रियाहरु