२०८१ बैशाख २४, सोमवार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमाडौं । नेपालमा बुधबार थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या १० हजार ७ सय २८ पुगेको छ । नयाँ संक्रमित मध्ये  ११० जना महिला र ५१९ जना पुरुष रहेका छन् ।

साथै   १ सय १४ जना डिस्चार्ज भएको  छ । योसंगै डिस्चार्ज हुनेको संख्या २ हजार ३ सय ३८ जना रहेका छन् । अहिले देशका विभिन्न अस्पतालमा ८ हजार ३ सय ६६ जना उपचाररत रहेका छन् । क्वारेन्टिनमा ७८ हजार ६ सय ३९ जना रहेका छन् । अहिलेसम्म कोरोनाबाट २४ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु