२०८१ बैशाख २४, सोमवार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।यससँगै संक्रमितको कुल संख्या १० हजार नाघेको छ ।

कहाँ कहाँ थपिए संक्रमित ?मन्त्रालयका अनुसार सबैभन्दा धेरै प्युठानमा ५० जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, पाल्पाका ४८ जना, धनुषाका ३९, कैलालीका ३८, गोरखाका २९, सुर्खेतका २३, स्याङ्जा, नवलपुर, बझाङ र दैलेखका २२/२२ जना, पर्वतका २१, बाजुराका २०, दाङका १९, सप्तरी र धादिङका १८/१८ जना, कञ्चनपुरका १७, बाग्लुङका १४, रौतहटका १३, महोत्तरी र झापा १२/१२ जना छन्।

यस्तै, कास्की र तनहुँका ८/८ जना, सिराहा र अछामका ७/७ जना, सुनसरीका ६, लमजुङका ५, गुल्मीका ५, सल्यान र डडेलधुराका ४/४ जना, मोरङ, तेह्रथुम, अर्घाखाँची, सर्लाही र रुपन्देहीका २/२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

रुपन्देही, कालीकोट, हुम्ला र पर्वतका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालका कुल कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । उनीहरूमध्ये २४ जनाको मृत्यु भएको छ भने २२२४ जना डिस्चार्ज भएका छन् ।

तथ्यांकमा काेराेना – नेपाल

पीसीआर१८६३६६
आरडीटी२७१५८४
आइसोलेसनमा७८५१
संक्रमित १००९९
निको भएको२२२४
मृत्यु२४
क्वारेन्टिनमा८५८१३
अपडेटः २०७७ असार ९ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

फेसबुक प्रतिक्रियाहरु