२०८१ बैशाख २४, सोमवार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

कोरोना भाइरसका कारण  अष्ट्रेलियाको सिड्नीमा  अलपत्र परेका   २५९ जना नेपालीहरु बोकेर नेपाल एयरलाइन्सको जहाज आज काठमाडौं प्रस्थान गरेको छ ।

स्थानीय समय अनुसार साढे ३ बजे नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाज काठमाडौं प्रस्थान गरेको हो । जसमध्य  केही पर्यटकहरु रहेका  छन | काठमान्डौ उत्रने हरु  जो चार महिनादेखि लकडाउनमा परेका थिए । सोही फ्लाइटमा न्यूजिल्याण्डमा रहेका ११ जना नेपालीहरुलाई पनि सिड्नी हुँदै काठमाडौं पठाइएको छ ।

नेपाल फर्किन इच्छा देखाउँदै १३ सय जनाले फाराम भरे पनि पहिलो चरणमा २५९ जनालाई काठमाडौं पठाइएको दूतावासका अधिकारीहरुले बताएका छन् । यात्रुहरुबाट २ हजार ३ सय ५० अष्ट्रेलियन डलर भाडा लिइएको छ ।

हवाई यात्रुहरु सबैको सबैको पीसीआर परीक्षण गरिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । त्यसैले उनीहरुलाई नेपाल पुगेपछि होल्डिङ सेन्टरमा राखेर होम क्वारेन्टिनमा पठाइने दूतावास स्रोतले बतायो ।

 

फेसबुक प्रतिक्रियाहरु