२०८१ बैशाख २४, सोमवार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

शान्तिराज राई

विश्व अहिले कोरोना महामारीको चपेटामा छ । प्राय देशहरुको अर्थतन्त्रमा गम्भीर असर पुग्दै आएको छ । यसै क्रममा नेपाल अछुतो रहने कुरै भएन । त्यही क्रममा यहाँ ज्याला मजदुरी गरेर आफ्नो जिविको पार्जन गर्दै आएकाहरुको कहानी डरलाग्दो छ ।

यसै क्रममा पुरानो ठिमी भक्तपुरमा डेरा गरि बस्ने ससाना नानीहरु सहितको दृष्टि बिहीन परिवार लकडाउनको कारण बिचल्लीमा थिए । लकडाउन अगाडि अगरवत्ती बेचेर आउने श्रोतले जिविको पार्जन गर्दै आएका सो परिवार अन्ततः लकडाउन सङ्गै आयाआर्जन बन्द भयो ।

जेनतेन एक छाक मात्रै खाएर भएपनि गुजारा चलाउदै आएता पनि घरभाडा(माषिक ४ हजारका दरले) तिर्नलाई गाह्रो भै रहेकोे थियो । यस्त्तै पिडाको मलम बनेर पुगे चलचित्र कर्मी तथा समाज सेवि सञ्जय खतिवडा ।

अभिनेता सञ्जय आफै पीडितहरुको समक्ष पुगेर भने बिगत केहिसमय देखी घरवालाले दैनिक रूपमा कोठा छोड्न मानसिक रूपमा दबाव दिदै आएको कुरा एकाबिहानै सुन्नु पर्दा असह्य पिडा भयो र त्यसैले आज करिब ११.३० को समयमा निजहरू बसेको ठाउमा पुगेर ३ महिनाको भाडावापत को नगद सहयोग गरेको छु ।

अभिनेता खतिवडा लकडाउनमा परेर दुखमा पर्दै आएका अशक्त, असाह्य गरिबहरुलाई सहयोग गर्दै आएका छन । साथै अरु विभिन्न समाजिक कार्यहरुमानी सक्रिय छन ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

 

फेसबुक प्रतिक्रियाहरु