२०८१ बैशाख २२, शनिबार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

  • लक्ष्मण गौतम

नेपाली कांग्रेसले काम गर्यो तर आफ्नो कामको प्रचार प्रसार जनता सामु गर्न सकेन तर नेकपाले नेपाली कांग्रेसका सरकारले गरेका कामहरु पनि आफुले गरेको भनि खुवै प्रचार प्रसार गर्यो र गर्दै छ ।

नेकपाले मिडिया कब्जा गरेको छ । बोल्न सक्ने , लेख्न सक्ने , बिचार भएका मान्छेहरुलाई संगठित रुपमै मिडिया देखी समाजिक सँजाल अनि सडक सम्म परिचालन गरेको छ । आवाज भएका मान्छेहरुलाई पार्टिका बिभिन्न ठाउँमा जिम्मेवारी दिएको छ र उनीहरु बोली रहेका छन , लेखी रहेका छन , जनतामा भ्रम छरी रहेका छन । नेपालमा कुरा सुनेर हो वा होईन भन्ने निचोड निकाल्न सक्नेको प्रतिशत १०% पनि छैन । नेकपा आफ्नो रणनितीमा सफल भएको छ तेसैले त चुनावमा लगभग दुई तिहाई सिट जित्यो , आज केन्द्र देखी ६ वटा प्रदेशमा नेकपा कै सरकार छ । अब आउने चुनाव सम्म नेकपाले देशका गरिव देखी बौद्दिक मान्छे सबै कब्जा गर्छ , कर्मचारी देखी राज्यका सबै संयन्त्र कब्जा गर्छ । राजनितीक रुपमा नेकपा सफल हुँदै गएको छ । पार्टी भित्र जस्तो बिवाद भय पनि केपी ओलीले मिलाएर वा पेलेर लगेकै छन र मलाई लाग्छ यदी यही ब्यवस्था नै रही रह्यो भने अर्को चुनाव सम्म यो देशको प्रधानमन्त्री केपी शर्मा ओली नै हुन । देश बिकास , शुशासन , समृद्दीका सम्दर्भमा मेरो केपी ओली सँग हजारौ बिमती होलान र छन तर राजनितीक हिसावले केपी ओली सफल भएका छन । दश बर्ष सम्म बन्दुक बोकेर हिंडेको पार्टीलाई आफुमा बिलय बनाएर उनीहरु माथि राज गर्दै लगभग दुई तिहाईको सरकारको नेत्रित्व गर्नु राजनितिक सफलता होईन भनेर यदी कसैले कुतर्क गर्छ भने म त्यो कुर्तक मान्ने पक्षमा छैन किनकी राजनितिक सफलता भनेकै यही हो तर यो सरकारबाट नेपाल र नेपालीले बिकास , समृद्दी र शुसासन पाउछन भन्ने कुरामा म १% पनि बिस्वस्त छैन । अंग्रेजीमा एउटा भनाई छ – “ Morning shows the day “

मैले नेकपाको बारेका लेखी रहदा म नेपाली कांग्रेसको असफल राजनितीक रणनिती अनि सँगठन सुधारका लागि सत्य बोल्न डराउनु हुँदैन , हिच किचाउनु हुँदैन । नेपाली कांग्रेस जनताको रगत बलिदान र सँघर्षबाट जन्मिएको देशकै सबै भन्दा पुरानो प्रजातान्त्रिक पार्टी हो तर हामी आज कहाँ छौ त ? आज हामी सँग सँसदमा बोल्न सक्ने ३-४ जना बाहेक अरु छैनन , सडक स्वतन्त्र युवाहरुले कब्जा गरेका छन , सामाजिक संजाल र मिडिया नेकपाको कब्जा छ अनि खोई हामी कहाँ छौ त ? नेपाली कांग्रेस भित्र बोल्न सक्ने , लेख्न सक्ने र नेपाली कांग्रेसको आवाजलाई आम जनता सम्म पुराउन सक्ने मान्छे नभएका हुन कि हामीले उनीहरुलाई साईड लगाईएको हो यसको समिक्षा हुन जरुरी छ । नेपाली कांग्रेसको पक्षमा कलम चलाऊन सक्ने बौद्दिक पत्रकार नभएका हुन कि साईड लगाईएको हो ? के आजको ईलेक्ट्रोनिक युगमा मिडिया बिनाको राजनिती सफल होला त ? तसर्थ यि कुराहरुमा निष्पक्ष समिक्षा अनि सुधारको आवस्यकता छ ।

अहिले तत्काल नै नेपाली कांग्रेस सरकारमा जाने अवस्था छैन तसर्थ यहाँ भित्रका अवसरबादीहरु पार्टी छाडेर हिड्लान , यहाँ भित्र रहेका कामको ( ठेक्कापट्टा , सरकारी जागिर ) खोजिमा रहेका धेरै युवा पनि पार्टी छाडेर हिडलान र यहाँ भित्र रहेका तर ठाउँ र सम्मान नपाएका तमाम बौद्दिक वर्ग पनि पार्टी छाडेर हिड्लान आखिर मान्छे शक्त्तीकै पछाडी हिड्छ तसर्थ अब आउन सक्ने सम्भावित भू-क्षय र अशन्तुष्टी रोक्न नेपाली कांग्रेसले रणनिती बनाउनै पर्छ ।

नेपाली कांग्रेसको एक कार्यकर्ताको हिसावले मेरो एक मात्र आग्रह हो – पार्टी भित्र सबैको सम्मान होस , मेरोले होईन राम्रोले ठाउँ पाओस र जसले जनताको मन र आवाज बुझ्न सक्छ , बोल्न सक्छ, बोक्न सक्छ उसैले ठाउँ पाओस । पद प्राप्तीको न्यूनतम मापदण्ड चाकडी नभएर योग्यता र सक्षमता होस । राजनिती गुट होईन पार्टी बलियो बनाउनका लागि होस ।

र अन्त्यमा , म भित्र कुनै स्वार्थ छैन , पद प्राप्ती मात्र मेरो उद्देश्य होईन तसर्थ म राजनितिक रुपमा सकिन तयार छु तर नेपाली कांग्रेसलाई बलियो बनाउनका लागि र यहाँ भित्र जवरजस्त रुपमा खडा गरिएको सिन्डीकेट ( गुट ) तोड्नका लागि म एक्कै आवाज उठाउन तयार छु ।

जय नेपाल

( लेखक नेपाल तरुण दल रुपन्देही जिल्ला सदस्य हुन र यो उनको निजी बिचार हो )

फेसबुक प्रतिक्रियाहरु