२०८१ जेष्ठ ५, शनिबार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

काठमाडौं । गोरखापत्र संस्थानका व्यवस्थापन (प्रिन्टिङ तथा लेखा) टीकाराम राईलाई हटाउने चलखेल भएको छ । संस्थानमा नयाँ कागज किन्ने तयारीसँगै उनलाई हटाउने चलखेल भएको हो ।

गोरखापत्र सुधारका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा पाएका राईलाई हटाउन व्यापक दवाव सुरु भएको छ । डेढ वर्षअघि गोरखापत्र सुधारका लागि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राईलाई गोरखापत्र संस्थान पठाएका थिए ।

उनलाई दिइएको जिम्मवारी अनुसार गोरखापत्रका प्रकाशनमा गुणस्तरीयता कायम गर्दै आएका थिए ।

मन्त्रालयमा बोलाएर राईलाई मन्त्रीका निकट भनिएका व्यक्तिहरुले दुई पटक राजीनामा दिन भनिसकेका छन् । मन्त्रीको निर्देशन भन्दै राईलाई पदबाट राजीनामा दिन सुझाएका थिए । राईले भने आफूले राजीनामा नदिने भनेका थिए । उनले फेसबुकका लेखेका छन्, ‘गर्वका साथ भनिन्छ गोरखापत्रमा रिजल्ट ल्याईयो। पुच्छर लुकाएर हिडिन्न। अन्याय गरे अदालत छँदैछ ।’

राईलाई हटाउन कागज बिक्रेतादेखि संस्थानका केही कर्मचारी र मन्त्रीकै नजिककाहरु चलखेलमा छन् । मन्त्री बास्कोटाकै पालामा नियुक्ति पाएकाहरु पनि उनलाई हटाउन मन्त्रीसमक्ष पुगेका छन् ।

गत वर्ष पनि राईले विगतमा महंगोमा किन्दै आएको कागत सस्तोमा किनाएका थिए । यसपटक संस्थान एक हजार मेट्रिक टन कागज किन्ने तयारीमा छ ।

राईसहितको व्यवस्थापन टीमले पछिल्लो समय विराटनगर र कोहलपुरबाट पत्रिका प्रकाशनको प्रारम्भ गरेसँगै गोरखापत्रको पहुँच देशभर पुर्याउन सघाउ पुगेको छ ।

गोरखापत्रको दैनिकजसो बिग्रने प्रेस राई गएसँगै कमै मात्रामा बिग्रिएको छ । विगतमा प्रेस विग्रिएको भन्दै मर्मतको नाममा संस्थानलाई घाटा पुर्याउने काम हुँदै आएको थियो । राई आफै प्रेसबारेमा जानकारी व्यक्ति हुन् ।

राई लगायतको व्यवस्थापकीय टीमले कागज र छपाई गुणस्तरीयता पनि विगतको तुलनामा सुधार भएको थियो । पछिल्लो समय सप्लायरहरुलाई १५ दिनमै भुक्तानी गर्ने व्यवस्था मिलाएका छन् । विगतमा ८ महिनासम्म पनि भुक्तानी रोकिएका थिए ।

गोरखापत्रमा ‘हाटा’ अर्थात हाजिर गर्ने टाप कस्ने प्रवृत्ति रोकेका उनी आफै पनि १८ घण्टासम्म संस्थान सुधारका लागि सक्रिए रहँदै आएका खबर नागरिक खबरले लेखेको छ ।

फेसबुक प्रतिक्रियाहरु