२०८१ जेष्ठ ५, शनिबार
  • Pramesh Tamu ४ वर्ष अगाडि

बुटवल: रुपन्देहीमा आफ्नै बिमारी छ बर्षे छोरालाई  बाबुले  ज्युँदै बोरामा हालेर माटोमा गाडेको स्थानीयको जानकारी दिएपछि प्रहरीले बालकलाई खाल्डोबाट झिकेको छ ।

प्रहरिले  गाडेको बालकलाई झिके पनि उनको मृत्यु भइसकेको थियो । जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्वर ४ प्रगतिनगरका  ३६ वर्षीय राजु परियारले आफ्नो ८ वर्षीय छोरा राजेश परियारलाई ज्युँदै गाडेको हो।

‘गाउँलेहरुले बिरामी छोरालाई ज्युँदै गाड्यो भन्ने खबर गरेपछि प्रहरी गएको र  गाडेको बालकलाई ल्याएर अस्पतालमा चेक गराउँदा मृत्यु भएको जानकारी दिएको छ । आरोपित बाबुलाई नियन्त्रणमा ल्याएर सोधु गरिँदै गरेको प्रहरीले जनाएको छ । आरोपित बाबुले भने छोराको मृत्यु भएर गाडेको  बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु