२०८१ जेष्ठ ५, शनिबार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

कपिलवस्तु : कपिलवस्तु नगरपालिकाको अन्न्दवाग देखि सिकोटवा सडक खण्डमा कपिलवस्तु नगरपालिका वडा नं. ३को अध्यक्ष रुद्र बहादुर गैरेको छोरा धिरज गैरे र उनका एक साथी अनिल धवतले टेम्पोमा घर गईरहेका २ जनालाई साङघातिक आक्रमण गरि घाइते बनाएका छन्।

बुद्धभूमी नगरपालिका वार्ड ६ साविक महुवा गाविस लक्षमणपुरका एकै घर दुई भाई ३६ बर्षिय राम प्रसाद यादव ३२ बर्षिय बुधई अहिरलाई कपिलवस्तु नगरपालिका वार्ड १ को आनन्दबाग देखी सिकटवा जाने बाटोमा टेम्पोलाई रोकाएर बिहिबार दिउसो साङघातिक आक्रमण गरेका हुन्। टेम्पोमा जादै गरि निज दुई भाईलाई मोटसाईकलमा आएका गैरे र उनका साथी धवतले टेम्पोलाई ओभरट्याक गरी अगाडी गएर टेम्पो रोकेर मुक्का र छड जस्तै रडले प्रहार गरेको घाईते बुधई अहिरले बताउनु भयो ।

आफुहरुले तौलिहवा देखी खेत किन्नको टेम्पोमा राखेर घर लैजादै गरेको ३ लाख रुपैया र मुबाईल समेत धिरज र अनिलले खोसेर लगेको घाईते अहिरले बताउनु भएको छ। घाईते मध्ये ३६ बर्षिय राम प्रसाद यादवको टाउकोमा गम्भिर चोट लागेर १५ टँका लगेको तथा थप उपचारको लागि भैरहवा रिफर गरिएको प्रहरी नायब उपारिक्षक सुनिल मल्लले जानकारी दिनु भएको छ। राम प्रसाद यादवको टाउँकोका ठुलो चोट लागेको छ ।

उनी अहिले खतरा भन्दा बहिरा राहेको जनाईएको छ। यता अरोपी धिराज गैरेको खोजि कार्य जारी रहेको भए पनि घटनामा संलग्न गैरेका साथी अनिल धवतलाई सिकोटवा देखि पक्राउ गरि अनुसन्धान जारी गरिएको कपिलवस्तुका प्रहरी नायब उपारिक्षक मल्लाले बताएका छन । कपिलवस्तुको कमाण्ड आजै पाएको मल्लले जिल्लामा कुनै पनि किसिमको अपराध गर्नेलाई हामी छोडदैनौ भन्दै अरोपी भनिएका गैरैलाई पनि छिट्टै समाएर कार्यवाही अनुसन्धान प्रकृया अघि बढाईने बताउनु भएको छ ।

उनले भने जिल्लमा पहिला पनि जस्तो सुकै घटनाको लागि अग्रपंक्तिमा रहेर काम गरेको छु। अब कार्यालय प्रमुख नआउन्जेल सम्मा र आए पनि आप्mनो जिम्मेवारी निष्पक्ष रुपमा निर्वाह गर्ने बताउनु भएको छ। उनले थपे अरोपी जो सुकै पनि हुना सक्छ। त्यसको अनुसान्धान गरेर दोसीलाई कार्यवाही गराउना आफु सदैब कार्य गरिरहेको छु । कपिलवस्तुको प्रहरी उपारिक्षक दिप शसमेर जबरा विहिवार मत्रै सरुवा भएर जानु र जिल्लामा यस्तो अपराध भएको खण्डमा प्रहरी नायब उपारिक्षक सुनिल मल्लाको १ जना अरोपीलाई तुरन्त पक्राउ गर्नु सरहनीय कार्य भएको नागरिक अगुवाहरुको भनाई छ। अब अरोपी मत्रै हैन मुख्य अरोपी गैरेलाई पक्राउ गरि अुनसान्धान प्रकृया अघि बढाएर दोसीलाई कार्यवाही गराउन पनि मल्लाको यस्तै सकृयता चहिएको अगुवाहरुले बताएका छन। वडा अध्यक्ष गैरेका छोरा धिरजले पटक पटक यस्ता यस्ता कृयाकलापहरु गर्ने गरेका छन्।

यसरी पटक पटक यस्ता हर्कत दोहोराउने तथा आज साङघातिक आक्रमण गरि गम्भीर बनाउनै दुवै जनालाई कडा कानुनी कारवाही गर्नु पर्ने स्थानीयहरु माग गरेका छन्। वडा अध्यक्ष गैरे नेपाली कांग्रेसको तर्फबाट कपिलवस्तु नगरपालिका वार्ड ३ को वडा अध्यक्षमा निर्वाचित हुनु भएको थियो । वडा अध्यक्ष गैरेको शक्तिको आडमा छोराको यस्ता प्रकारका गतिबिधी बढेको स्थानियहरुको बुझाई छ।

फेसबुक प्रतिक्रियाहरु