२०८१ जेष्ठ ५, शनिबार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

एजेन्सी । चीनले अमेरिकाको इसारामा आफूविरुद्ध लाग्ने भारतका लागि जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । ग्लोबल टाइम्सले सम्पादकीय लेखेर जवाफी कारबाहीमा कुनै पनि समय नलाग्ने चेतावनी दिएको छ । वासिङ्टनले चीनविरुद्ध प्रयोग गरेको आशंका चीनले गरेको छ । चीनविरुद्ध वासिङ्टनलाई भारत जस्ता देशको आवश्यकता रहेको भन्दै भारतलाई अमेरिकाले प्रयोग गरेको आशंका गरिएको ग्लोबल टाइम्सको सम्पादकीयमा उल्लेख छ ।

भारत चीन सीमा क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाका ८१ समूहले अभ्यास सुरु गरेको जनाउँदै चीनले युद्धका लागि विभिन्न उपकरणको प्रयोग गरिएकोसमेत प्रष्ट पारेको छ । चीनले भारतीय मिडिया पश्चिमा मिडियाजस्तै चीनविरुद्ध प्रयोग भएको निष्कर्ष पनि निकालेको छ । चीनले दक्षिण एसियामा भारतले विभिन्न प्रकारका विवाद निम्ताएको दावी गरेको छ । ग्लोबल टाइम्स चीन सरकारको मुखपत्र हो । यसमा आएको सम्पादकीय तथा समाचार टिप्पणीलाई सरकारको आधिकारीक दृष्टिकोणका रुपमा लिने गरिन्छ ।

ग्लोबल टाइम्समा लेखिएको छ, ‘कोरोना महामारीकै समयमा भारतले चीन, पाकिस्तान र नेपालसँग सीमा विवाद गरिरहेको छ । पाकिस्तान चीनको विश्वसनीय रणनीतिक साझेदार हो । नेपालसँग चीनको घनिष्ठ सम्बन्ध छ । यी दुई देश चीनको बेल्ट एण्ड रोड परियोजनामा साझेदार हुन् । यदि भारतले सीमा विवादलाई बढाउँदै लैजाने अवस्थामा दुई वा तीनतर्फबाट सैन्य दबाबको सामना गर्नुपर्ने हुनसक्छ । यहाँसम्मकी तीनवटै देशले सैन्य दबाब दिएमा के हुन्छ ? भारतका लागि त्यो समय विनाशकारी हार हुनसक्छ ।’

तीन दिनअघि भारतीय र चिनियाँ सैनिकबीच पूर्वी लद्दाखको विकट गलवान उपत्यकामा हिंस्रक झडप भएको थियो । झडपमा २० भारतीय सैनिकको मृत्यु भयो भने भारतले चीनतर्फ पनि ४० जना मारिएको दावी गरेको छ । लद्दाखमा डेढ महिनादेखि चिनियाँ र भारतीय सेनाबीच तनाव बढ्दै गएको थियो। भारत-चीन सीमा क्षेत्रमा ४५ वर्षपछि पहिलो पटक दोहोरो झडपमा सैनिकको मृत्यु भएको हो।

Global Times

@globaltimesnews

India has engaged in border disputes with China, Pakistan and Nepal at the same time. If India escalates tensions, it could face military pressure from two or even three fronts, so the situation is unlikely to escalate: experts https://bit.ly/2UVKqJb 

View image on Twitter
6,172 people are talking about this

झडपपछि भारत र चीनले विदेशमन्त्री स्तरीय, सैन्य कमाण्डर स्तरमा र दूतावासमार्फत पनि वार्ता गरिरहेका छन् । तर एकअर्काविरुद्ध दुवै देशले सीमा क्षेत्रमा सैन्य क्षमता बढाएपछि थप तनावको अवस्था सिर्जना भएको छ । चीन र भारतबीचको विवादमा दुवै देशका सञ्चारमाध्यमले नेपाललाई पनि तानिरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु