२०८१ जेष्ठ २, बुधबार
  • Namaste Khabar ४ वर्ष अगाडि

कैलाली । कैलालीको लम्कीमा क्वारेन्टिनमा बस्दै आएकी एक महिला बलात्कार भएकी छिन् ।  भारतबाट गत जेठ २० गते आएर स्थानीय क्वारेन्टिनमा बस्दै आएकी लम्कीचुहा नगरपालिका वडानम्बर १ की ३१ वर्षीय महिला शनिबार राति बलात्कृत भएकी हुन् ।

स्थानीय सहिद स्मृति विद्यालयको क्वारेन्टिनमा २० गतेदेखि नै बस्नै आएकी उनलाई त्यही स्वयम्सेवकको रुपमा कार्यरत तीन युवाले मध्यरातमा सामूहिक बलात्कार गरेको पीडितले बताएकी छिन् ।  आफूमाथि बलात्कार भएको भन्दै उनले इलाका प्रहरी कार्यालय लम्कीमा उजुरी किटानी जाहेरीसहित उजुरी दिएकी छिन् । उनको उजुरीको आधारमा प्रहरीले ३ जनालाई आइतबार साँझ पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतिक विष्टले २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्ष्मण विक र सज्जन बिकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जानकारी दिए ।  उनीहरु त्यहाँ कार्यरत स्वयम्सेवक भएको बुझिएको छ । अभियुक्तहरुले मध्यराति महिलालाई जबरजस्ती सुतेको स्थानबाट बाहिर बोलाएर सामूहिक बलात्कार गरेको प्रहरीलाई बताएकी छिन् ।

पीडित महिला भारतको बैंग्लोरबाट कैलाली आएपछि क्वारेन्टिनमा बस्दै आएकी थिइन् भने घटना भएको राति उनी विद्यालयको एउटा कोठामा एक्लै रहेकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु