२०८१ जेष्ठ ५, शनिबार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

शान्तिराज राई

‘पान्धारे चौकी माया पो नलगाई बा मरिन्छ की’ गीतले चर्चाको शिखरमा उक्लेकी गायिका कला राईले आफ्नो बजारमा नया गित “लाग्छ मलाई” लिएर दर्शक श्रोतामाझ आएकी छन् । गायिका राईको कला, अफर, लुक्स र इशारा जस्ता एल्बम बजारमा ल्याएर नेपाली संगीतको बजारमा छुट्टै पहिचान बनाइसकेकी गायिका हुन् ।

गायिका कला राईको आफ्नै अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको यस गितमा बि.बि. गुरुङको शब्द रचना बिष्णु अधिकारिको कम्पोज र एरेन्जलाई सुन्न सकिनेछ भने ग्राफिक्स भिडियो अनिल कटवालको रहेको छ ।

पहिलोपटक ‘ए नि लै लै, छोरीको जीवन उडाई लान्छ रेलले’ बोलको गीतबाट आफ्नो सोलो गायन यात्रा सुरुवात गरेकी गायिका कला राई, ०५७ सालको देशव्यापी लोक गीत प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल गायिका हुन् । ०६३ सालको देशव्यापी आधुनिक गीत प्रतियोगितामा दोस्रो स्थान हात पारेकी उनले ‘ब्राइटर तिम्रो सुर मेरो गीत’मा समेत दोस्रो भएका थिए ।

अहिले देश विदेशको सांगीतिक कार्यक्रमहरूमा व्यस्त यी गायिकाले स्रोता र दर्शकहरूको मायालाई नै आफ्नो जीवनको सफलता मान्ने बताएकी छन् । जीवनको अन्तिम पलसम्म पनि गीतसंगीतमै रहेर काम गर्ने विचारमा रहेकी छन् । उनले भनिन्, ‘यो भन्दा अगाडिका गितहरु जसरी स्रोता दर्शकहरूले मन पराइदिनुभएको थियो, त्यसैगरी, यो गितलाई माया गर्नुहुन्छ आसा राखेको छु ।”

गितको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

फेसबुक प्रतिक्रियाहरु