२०८१ बैशाख २६, बुधबार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

काठमाडौं । अब लकडाउनमा प्रवेश निषेध गर्न सार्वजनिक बाटो छेक्न नपाइने भएको छ । विभिन्न ठाँउमा सवारी तथा मानिसको आवतजावत रोक्नको लागि बाटो नछेक्न गृहमन्त्रायले निर्देशन दिएको छ । साथै त्यसरी छेकिएका कतिपय ठाँउको बाटोहरु समेत खोल्नको लागि मन्त्रालयले आग्रह समेत गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि भन्दै सरकारले लकडाउन गरेको आज २८ औँ दिन पुरा भएको छ । अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कनको लागि सरकारले निर्देशन दिएसँगै कतिपय ठाँउमा स्थानीयले नयाँ मान्छे तथा सवारीको आवतजावतमा रोक लगाउन बाटो छेकेको छन् ।

गृहमन्त्रालयले सार्वजनिक बाटो बन्द गर्न नहुने भन्दै बन्द गरिएका ठाँउमा समेत खोल्न भनेको जनाइएको छ । बाटो बन्द गर्न नपाइने तथा बन्द गरिएका सार्वजनिक ठाँउहरुमा समेत खोल्नको लागि निर्देशन दिइएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिएका छन् ।

यसरी बन्द गरिएका कतिपय ठाँउका पुल तथा बाटोको तारबार नाघ्ने क्रममा कतिपय मानिसको ज्यान गइसकेको छ । त्यस्तै त्यसरी कतै बाटो बन्द गरिएको भए प्रशासनलाई जानकारी दिनको लागि समेत गृहले सुझाव दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु