काठमाडौं । प्रायजसो व्यक्तिले बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउने गर्छन् । कसैले मन तातो पानीमा मह वा कागती मिसाएर पिउने गर्छन् भने कसैले नुन राखेर पिउने गरेका हुन्छन् । तर बिहान उठ्ने वित्तिकै खाली पेटमा मन तातो पिउनु स्वास्थ्यका लागि फाइदा नै हुन्छ । तर कमै मात्र व्यक्तिले मनतातो पानीमा बेसार राखेर पिउने गर्छन् ।खासमा बेसारको फाइदाबारे जानकारी नहुँदा बेसार पानी नपिएको हुनसक्छ । बेसार एउटा यस्तो खान्की हो जसले खानालाई स्वादिलो मात्र बनाउँदैन जस्तोसुकै परिकारलाई पनि पहेलो रङमा बदलिदिन्छ । हामीले परिकारसँग खाएको बेसारले पनि निकै फाइदा पुर्याइरहेको हुन्छ ।यसमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता रहेको हुन्छ । अनुसन्धानका अनुसार नियमित बेसार खाने व्यक्तिलाई सानोतीनो रोगले सताउँदैन । अकस्मात घाँटी दुखेमा वा शरीरमा दुखाइ भएमा बेसार पानी पिउँदा निकै राहत पुग्छ ।यस्तो अवस्थामा बेसारले एउटा औषधिको काम गरेको हुन्छ । यस्तो शक्तिशाली खान्की बेसारले सौन्दर्य प्रसाधनको रुपमा पनि उत्तिकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । बेसारबाट हुने फाइदाहरु १ बेसारमा करक्युमिन नामक रसाय रहेको हुन्छ। यसले सुन्निएको शरीरमा दुखाई कम गर्ने काम गर्छ। २. बिहान उठ्ने वित्तिकै मन तातो पानीसँग बेसार मिलाएर खाएमा दिमाग तेज हुन्छ । ३. बेसारले एक शक्तिशाली एन्टीअक्सिडेन्टको रुपमा काम गर्छ।यसले क्यान्सर उत्पादन गर्ने कोशिकाहरुसँग लड्ने काम गर्छ। ४. बेसार मिसाएर पकाएको खाना पचाउन सजिलो हुन्छ । ५. नियमित बेसार पानी पिउँदा यसले रगत सफा गर्नुका साथै शरीरमा रगत जम्न दिँदैन । ६. शरीर दुखेको समयमा बेसार खाँदा यसमा रहेको करक्युमिन तत्वले दुखाइ कम गर्न ठूलो भूमिका खेल्छ। ७. नियमित बेसार पानी पिउँदा अनुहारमा आउने चाउरीपनाबाट बच्न सकिन्छ । यसले सयम नपुग्दै आउने चाउरीपनालाई रोक्ने काम गर्छ ८. नियमित बेसार पानी पिउँदा मधुमेहको खतरा कम हुन्छ ।
एजेन्सी