२०८१ जेष्ठ २, बुधबार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

काठमाडौं । दुई वर्ष लामो प्रेम सम्बन्धलाई यहि फागुनमा विवाहमा परिणत गरेका प्रियंका र आयुष्मान नेपाली फिल्म क्षेत्रका निकैनै चर्चामा रहेका जोडी हुन् ।

उनीहरुले आफ्नो प्रेमलाई सार्वजनिक गरेपछि मिडियामा निकै छाइरहे । उनीहरु हरेक दिन मिडियामा छाइरहन्थे । कहिले उनीहरुका तस्बिर त कहिले उनीहरुको प्रेमिल कुराले भरिन्थे । उनीहरुको प्रेमको बारेमा सार्वजनिक गरेपछि उनीहरुको बारेमा मिडियाकर्मीले पनि निकै चासो राख्थे ।

गत फागुन १५ गते विवाह गरेका हुन् ।
अघिल्लो दिन अदालती विवाह गरेका उनीहरुले भोलीपल्ट परम्परागत रुपमा विवाह गरेका हुन् । एन्गेजमेरन्ट भएको एक वर्ष वितिसक्दा पनि उनीहरुको विवाह नभएपछि भने उनीहरुको विवाहका बारेमा नकारात्मक कुरा हुन थालेका थिए ।

तर उनीहरुले गरेको ब्याचर पार्टी पछि भने अब विवाह पक्कै हुने भयो भन्ने कुरा मिडियामा आयो । प्रियंकाले विदेशमा गएर ब्याचर पार्टी गरेकी थिइन् । जसको एस्पोन्सर एउटा कम्पनीले गरिदिएको थियो ।

त्यसपछि आयुष्मानले पनि त्यसैगरी ब्याचलर पार्टी गरे । उनीहरुको ब्याचलर पार्टीले पनि सामाजिक सञ्जाल निकै तात्यो । उनीहरुको विवाहमा करिब ३ करोड रुपैया खर्च भएको बताइन्छ ।

विवाह अघि भएको मेहंदी र संगित सेरेमोनीमा पनि लाखौं रुपैया खर्च गरेका थिए । उनीहरुले काठमाडौंको भैसेपाटीमा घर पनि किनेका थिए । उनीहरुको घर डेढकरोड रुपैयामा किनेको भनेर हल्ला गरिए पनि त्यसको मुल्यवारे उनीहरुले भने केही बताएका छैनन् ।

अहिले उनीहरु अहिले भैसेपाटीमा रहेको नयाँ घरमा नै बस्दै आएका छन् । उनीहरु अहिले लकडाउनको घोषणा गरिएका कारण आफ्ना परिवारका अन्य सदस्यलाई समेत भेट्न पनि पाएका छैनन् । ‘कथा काठमाडौं’को फिल्म सुटिगंका क्रममा उनीहरु नजिकिएको बताइन्छ ।

उनीहरुको प्रेमको कुरा सार्वजनिक भएपछि भने उनीहरुले थुप्रै फिल्ममा संगै खेलेका छन् । प्रियंका र आयुष्मानको परिवार दुवै सम्पन्नशाली छन्

आयुष्मानको परिवार प्रियंकाको परिवार भन्दा सम्पन्नशाली भएपनि आयुष्मान भन्दा प्रियंकाले ब्यक्तिगत रुपमा धेरै कमाउँछिन् । उनले म्युजिक भिडियो, विज्ञापनमा पनि उनी काम गर्छिन । त्यसवापत उनले मोटो रकम लिने गरेकी छन् ।

फेसबुक प्रतिक्रियाहरु