२०८१ जेष्ठ २, बुधबार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

शान्तिराज राई

लकडाउनले सबैको नियमित जीवन अस्तव्यस्त बनेको छ ।
त्यही क्रममा कलाकारहरु नि केही न केही गरेर समय बिताई रहेका छन । कोहि टिकटक, फेशबुक, युटुव, हुँदै केही न केही सिर्जनात्मक कार्यमै व्यास्त देखिन्छन् । त्यसै क्रममा कलाकार रिमा विश्वकर्माले आफुले कलो चिया बनाउन सिकेको कुरा समाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए । त्यो सङ्गै कतिले आलोचना गरे कतिले समर्थन गरे समाजिक सञ्जालको चर्को बहस पछि रिमाले एउटा कविता आफ्नो वालमा लेखेका छन ।

समाज शीर्षक दिएको उक्त कविता जस्ताको तस्तै :

समाज

कती फुर्सद छ है तिमीलाई
मलाई के आउछ के आउँदैन
ममा बित्तिस गुण छ कि छैन
लेखा जोखा गर्दै
मेरो गुण र अवगुणको
हिसाब मिलाउन खोज्छौ रे

तर म त
हिसाबमा बच्चै देखी अली कच्चा छु
जीवन जगतलाई
आफ्नै तरिकाले बुझ्न चाहने
सिकारु बच्चा हुँ

तिमी अझै मेरो सम्मानलाई
मेरो कपडा र क्षृंगारसॅंग जोड्छौ
मेरो खाना बनाउने कलालाई
मेरो संस्कार तिर मोड्छौ
माफ गर
म सिता होइन
मेरो ओरपर कुनै लक्षमण रेखा छैन
न म सती नै हु
तिमीले दन्काएको ज्वालामा
आत्मसम्मानको आहुती दिनलाई

म त चरा हु चङ्गा होइन
तिम्रो हातमा भएको लट्टाईको डोरले
मलाई बाद्धैन
मेरो उडान नै मेरो पहिचान हो
यो म स्कर्ट लगाएर गरु कि साडी
जीवनयात्रा पैदलै हिडु कि चढि गाडी

मेरो सम्मान र सफलता
तिम्रो स्विकृतिले होइन
मेरै सोचले निर्धारण गर्छ
माफ गर
मेरो उडानको उचाई
तिम्रो आलोचनाको परिधि र
कल्पनाशिलताको दायरा भन्दा
अली फरकिलो छ

-rbk writings

फेसबुक प्रतिक्रियाहरु