२०८१ पुस ८, सोमवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

कोरोना भाइरसको आतंकका कारण अहिले विश्वका धेरै देशमा संकटको अवस्था छ । मुलुकहरू लकडाउनमा पुगेका छन् र धेरै जनताहरू घरभित्रै बसिरहेका छन् । यस्तो अवस्थामा मानिसहरूले खाद्यान्नलगायतका दैनिक उपभोग्य सामानहरू अत्यधिक मात्रामा खरीद गरेर घरमा सञ्चय गरिरहेका छन् ।

पश्चिमा मुलुकहरूमा बजारमा ट्वाइलेट पेपरको अभाव देखिएको छ । मानिसहरूले ट्वाइलेट पेपर यतिधेरै खरीद गरिरहेका छन् कि सुपरमार्केटहरूमा बरु खानेकुरा पाइन्छ, तर ट्वाइलेट पेपर रित्तिइहाल्छ ।

कोरोनाका कारण मानिसहरूले सामान्य अवस्थामा भन्दा धेरै किनमेल गरेर घरमा सामान थुपार्ने प्रवृत्ति सबै देशमा समान देखिन्छ । तर त्यसरी बढी मात्रामा खरीद गरिएका सामानहरूको देशगत भिन्नता भने रोचक छ ।

नेदरल्याण्डमा बजारमा गाँजाको किनमेल ह्वात्तै बढेको छ भने फ्रेन्चहरूले अत्यधिक मात्रामा रेड वाइन किनेका छन् । उता इटालियनहरूले भने चुरोट बढी किनिरहेका छन् । त्यस्तै, अष्ट्रियनहरूले चाहिँ पिठो र ट्वाइलेट पेपर बढी मात्रामा खरीद गरेका छन् ।

उल्लेखित उपभोग्य सामानहरूको खरीद प्रवृत्तिमा देशगत रूपमा भिन्नता भए पनि एउटा चिजको खरीद भने विश्वभर नै बढेको छ । कोरोनाका कारण सबैजसो देशमा उच्चदरमा बिक्री भएको चिज हो, सेक्स टोय अर्थात् यौन खेलौना ।

जब दैनिक आधारभूत आवश्यकता पूरा हुन्छ, तब मानिसहरू मनोञ्जनतर्फ आकर्षित हुन्छन् । जब सिनेमा जाने, थिएटर जाने, रेष्टुरेन्ट तथा बार अनि पवहरू जाने कुरा कोरोना कारण बन्द हुन्छ तब अविवाहित मानिसहरूसँग मनोरञ्जनको विकल्प सीमित हुन्छ । त्यसैले पनि होला घरभित्रै थुनिइरहेको बेला मन बहलाउन वा मनोरञ्जन प्राप्त गर्नका लागि मानिसहरूले सेक्स टोयको प्रयोग बढेको छ ।

अनलाइन सेक्स टोय डिलर वुम्यानिजरका अनुसार, जनवरी यता सेक्स टोयको बिक्री तीव्र रूपमा बढेको छ । क्यानडामा सेक्स टोयको बिक्रीमा १ सय ३५ प्रतिशतले वृद्धि भएको छ । पश्चिमा मुलुकहरूमा मात्र होइन, चीनमा पनि सेक्स टोयको माग जनवरी र फेब्रुअरी महिनामा ७१ प्रतिशतले बढेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै मानवीय क्षति व्यहोरेको मुलुक इटालीमा पनि सेक्स टोयको मागमा ६० प्रतिशतले वृद्धि भएको छ ।

उल्लेखित डाटा जनवरी १ देखि मार्च ६ सम्मको मात्र हो । कोरोनाको जगजगी झनै फैलिएको अहिलेको अवस्थामा सेक्स टोयको माग अझै बढी चुलिएको हुनुपर्दछ ।

एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।