२०८१ बैशाख २०, बिहिबार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

बिहीबार मात्र युरोपका ठूला लिगमध्ये एक बेल्जियमको लिग डिभिजन ‘ए’ लिग लिडर क्लब ब्रुगलाई उपाधि सुम्पिने निर्णयसहित टुङ्गियो।

तर, सर्वाधिक लोकप्रिय इङ्लिस प्रिमियर लिग यसरी अन्त्य हुने सम्भावना देखिँदैन। अप्रिल अन्तिमसम्मका लागि यसअघि नै स्थगित भइसकेको प्रिमियर लिगको जारी सिजन रद्द गर्ने पक्षमा १८ वटा क्लब छन्।

अन्तर्राष्ट्रिय खेल पत्रिका ‘द एथ्लेटिक्स’ले प्रिमियर लिगको एक क्बले बाँकी सिजन चीनमा खेलाएर सिजन पूरा गर्ने प्रस्ताव गरेको दाबी गरेको छ।

‘प्रिमियर लिगको एक क्लबले जारी सिजन कुनै अन्य देशमा खेलाएर समापन गर्नु उचित हुने प्रस्ताव गरेको छ,’ ‘द एथलेटिक्स’ले भनेको छ, ‘र चीन यसका लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ।’

‘द एथ्लेटिक्स’अनुसार यस विषयमा शुक्रबार हुने २० क्लबको बैठकमा छलफल हुनेछ।

हुनत! कोरोना भाइरसको ‘इपिसेन्टर’ चीन भए पनि करिब-करिब महामारीलाई पूर्णरूपमा नियन्त्रणमा लिन सफल भइसकेको छ।

महामारी रोक्न उल्लेख्य सफलता हासिल गरेको चीनमा शीर्ष डिभिजनाको व्यावसायिक फुटबल लिग ‘चाइनिज सुपर लिग’ यसै महिना सुरु गर्ने तयारी छ।

दिनानुदिन डरलाग्दो गरि फैलिरहेको कोरोना भाइरसका कारण प्रिमियर लिग इङ्ल्यान्डमा तत्काल पुनः सुचारु गर्नु लगभगर असम्भव देखिन्छ।

यस्तो अवस्थामा चीनमा लिग गर्नु अविश्वसनीय प्रस्ताव भए पनि यसले पूर्णता पाए इतिहासमा पहिलो पटक इङ्लिस प्रिमियर लिग देश बाहिर हुनेछ। त्यस्तै, प्रिमियर लिग करिब जित्ने निश्चित भइसकेको लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले एसियामा प्रिमियर लिगको उपाधि उचाल्ने छन्।

एजेन्सी

फेसबुक प्रतिक्रियाहरु